१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

मुख्य समाचार

नवलपरासीको अरुणखोलामा राखिएको बम नेपाली सेनाद्वारा निष्क्रिय

ABC (क्राईमबिट) नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलाको भित्री बाटोमा अज्ञात समूहले राखेको प्रेसर कुकर बम सेनाले शनिबार बिहान निष्क्रिय पारेको छ । बम फेला परेपछि त्यो क्षेत्र शुक्रबार रातिदेखि नै सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो । शनिबार बिहान साढे ७ बजे अरुणखोलास्थित सेनाको टोलीले बम निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ । कुकरभित्र पटका राखिएको प्रहरीले […]

ABC (क्राईमबिट) दार्चुला । शनिबार बिहानै साढे २ बजेतिर उक्त प्रेसरकुकर बमजस्तै देखिने शंस्कापद वस्तु भएको यात्रुहरूले देखेका थिए । प्रहरीलाई जानकारी हुनेबित्तिकै इलाका प्रहरी चौकी गोकुलेश्वरबाट टोली खटिएको थियो । सेनाको टोलीले बिहान ७ बजे उक्त बम निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी तर्कराज पाण्डेयले बताए । प्रेसरकुकर माटो भरेको र बाहिर टेपले बेरेर […]

  काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौँ । महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । प्रहरीले उनीहरूसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल […]

(ABC-Sanchar) डोटी । मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए । त्यस्तै डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ । […]

ABC (क्राईमबिट) काठमाडौ । सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरेर चुनाव प्रचारमा प्रयोग गर्दै आएका बारा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार तथा खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रयोग गर्दै आएको सरकारी गाडी तानिएको छ । आचारसंहितामा चुनावी प्रचारमा सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने भए पनि मन्त्री चौधरीले मन्त्रालयले उपलब्ध गराएको सरकारी गाडीको नम्बर प्लेट […]

ABC (क्राईमबिट) महोत्तरी । भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यू ) कायमै राखेको छ । भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार २ समूहबीच झडप भएपछि प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ । पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा […]

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागु औषध (ब्राउन सुगर)सहित ५ जनालाई पक्राउ गरेको छ । सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई […]

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका ६ इम्सिलको कार्यक्रममा सहभागी भई फर्कने क्रममा आफूहरू चढेको गाडी दुर्घटनामा परेको गुरूङले बताए। गल्याङ बटुवा भन्ने ठाउँमा गाडी सडकबाट नालीमा पुगेको हो। गुरूङका अनुसार गाडीमा सवार सबै सुरक्षित छन्। मंसिर ४ मा हुने चुनावका लागि धनराज स्याङ्जा क्षेत्र नम्बर २ मा उम्मेदवार […]

बझाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको […]