एजेन्सी । पंजाब पुलिसको DIG हरचरण सिंह भुल्लरको घरमा CBI छापा..5 करोड़ कैश, डेढ़ किलो सुन नियन्त्रणमा र २२ बेस कीमती घड़ि जसको इंटरनेशनल मार्केटमा जम्मा भाउ 18 करोड़ रूपया रहेकोे छ ।
काठमाडौं । शनिबार राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले यस्तो बताएका हुन् । राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखसहित गृह मन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरूको उपस्थिति थियो । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। […]
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७०औं प्रहरी दिवस २०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरू एवम् प्रहरीलाई सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले विशेष बढुवा प्राप्त गर्नुहुने प्रहरी वृत्त […]
दाङ । भदौ गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाउन उल्लेखनीय भूमिका खेलेको भन्दै प्रहरी सहायक हवल्दार संगिता अधिकारीलाई एक तह बढुवा गरिएको छ। ७०औँ प्रहरी दिवसको अवसर पारेर प्रहरी प्रधान कार्यालयले संगिता अधिकारीको विशेष योगदानको कदर गर्दै उनलाई सम्मानस्वरूप बढुवा गरेको हो। त्यस्तै, आन्दोलनका क्रममा […]
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेन-जी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताउनुभएको छ । शुक्रवार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका धनुषा र रौतहट जिल्लाका प्रहरी प्रमुखमा नयाँ जिम्मेवारी तोकेको हो । सरुवा सूचीअनुसार मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरलाई धनुषा र एसपी रविन कार्कीलाई रौतहट प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी प्रमुखको रूपमा खटाइएका एसपी कुँवर र कार्की नेपाल प्रहरीमा काबिल […]
ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलायो काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राजनीतिक रूपमा नियुक्त भएका १० राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले यसबारे जानकारी दिएका हुन्। त्यस्तै, जापानका राजदूत परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाकुमार सुवेदीलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ। सरकारले ओलीले […]
प्रहरीलाई लखटे कुटे, ज्यानै गय,पनि बिर्सेनन प्रहरी हुन घाउ पोल्छ,रगत बग्यो,तर डर्सेनन प्रहरी हुन आगो लगाइयो ,हतियार खोसियो बिन्ती सुनेन कोहि देशको नारा,सेवा धर्म ,यहि सम्झेनन प्रहरी हुन बर्दी खोस्यो, अपमान भयो,आँसु झर्यो मनभित्र रास्ट्र्का खातिर पिडा पचाइ,काममा गय प्रहरी हुन मरे साथीहरू, घाइतेभय,कोहि अझै थला छन तरपनी हौसला नभाचियोस ढुङ्गासे प्रहरी हुन जेन्जिको रापमा […]
काठमाडौं । ललितपुर महानगरपालिका १६ धौगलबाट भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण जिल्ला घोरसहन घर भएका ३१ वर्षीय अभिषेक शेखलाई बिहीबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए । शेखले विगत केही वर्षदेखि अवैध रूपमा भारतबाट चाँदीका गरगहना नेपाल ल्याई बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको सशस्त्र प्रहरीले जनाएको छ । […]
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक सामाजिक सञ्जाल अकाउन्ट खोल्नेमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ । कार्कीको नाममा फेसबुकलगायतका फेक आईजी बनाएर विभिन्न सूचनाहरु सम्प्रेषण गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ती समेत जारी गरेर ती अकाउन्ट नक्कली रहेको बताएको थियो । यसरी प्रधानमन्त्रीको नाममा नक्कली अकाउन्ट खोलेर सञ्चालनमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान […]