रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको टोलीको विशेष सक्रियता तथा इलाका प्रहरी कार्यालय, मर्चवार, रुपन्देही को समन्वयमा मिति २०८३।०१।०५ गते जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका–३, पिप्रहवा स्थित एक घरबाट अवैध रूपमा भन्सार छली गरी ल्याई लुकाई–छिपाई राखिएको सामान बरामद गरिएको छ। बरामद सामानमा ११३ पेटी विभिन्न किसिमका टायल्स, हेण्ड पाइप तथा पाइप सकेटहरू रहेका […]
काठमाडौं । उपत्यकामा खपत हुने चामलमा विभिन्न ११ थरी विषादीका अवशेष रहेको एक अध्ययनले देखाएको छ । अनुसन्धानका क्रममा परीक्षण गरिएका नमुनामा ढुसीनाशक, किटनाशक, मुसा मार्नेलगायत कतिपय प्रतिबन्धित विषादीको समेत अवशेष फेला परेको छ । भक्तपुर र ललितपुरमा बिक्री–वितरण हुने चामलभन्दा काठमाडौंका पसलका चामलमा बढी विषादी पाइएको छ । गैरबासमतीको तुलनामा बासमती चामलमा विषादीको मात्रा […]
काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय मन्त्रिपरिषदबाट पास गरिसकेको सन्दर्भमा नेपाली कम्युनिष्ट पार्टीले चिन्ता व्यक्त गरेको छ। ‘संगठित हुन पाउने संवैधानिक अधिकार तथा नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताविपरित ट्रेड युनियनहरुमाथि प्रतिबन्ध लगाउने प्रयासप्रति हाम्रो पार्टी चिन्ता व्यक्त गर्दछ। यो विषयलाई हल्का रुपमा नलिन र पुर्नविचार गर्न आग्रह गर्दछौँ।’ विद्यार्थी संगठनमाथि प्रतिबन्ध […]
काठमाडौं । महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनका अनुसार पेस्तोल र गोलीका साथै ७ थान म्यागजिन पनि भेटिएको छ ।
कपिलवस्तु । राज्यको ढुकुटी रित्याएर व्यापारी पोस्ने खेलमा कपिलवस्तुको मर्यादपुर भन्सार र केही भ्रष्ट कर्मचारीहरूको लज्जास्पद मिलोमतो पर्दाफास भएको छ। भन्सार बिन्दुबाटै राजस्व छली गरी ल्याइएको भारतीय ट्रकलाई प्रहरीले प्रमाणसहित पक्राउ गर्दा समेत भन्सार कार्यालयले उल्टै प्रहरीको दाबीलाई चुनौती दिँदै रातको अन्धकारमा गाडी छाडेपछि कर्मचारी, एजेन्ट र व्यापारीबीचको ‘अपवित्र गठबन्धन’ छताछुल्ल भएको हो। प्रहरीको प्रमाण, […]
बर्दिया । कोहलपुरबाट राजापुर फिर्ता भईरहेको एमबुलेन्सले चार जनालाइृ ठक्कर दिदा आईतबार बिहान दुई जनाको मृत्यु भएको छ । गुलरिया ७ स्थित वन डिभिजन कार्यालय नजिक एम्बुलेन्सले चार जनालाई ठक्कर दिएको थियो । दुर्घटनामा पर्दा वुवा ५२ बर्सिय भुमि लामिछाने र नाती ५ बर्सिय रिहान्स खरेलको मृत्यु भईसकेको प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए । […]
सुनसरी । दुहबी क्षेत्रमा टहरा भत्काउने क्रममा नगरप्रहरी र नेपाल प्रहरीले एक महिला माथि दुर्व्यवहार गरेको आरोप लागेको छ। सार्वजनिक भएको भिडियोमा महिला लाई रुखमा बाँधेर घाँटी थिचिएको देखिन्छ, जसले सामाजिक सञ्जाल मा व्यापक आक्रोश उत्पन्न गरेको छ।
काठमाडौं । सरकारको पहिला व्यवस्थापन तिर ध्यान जाओस्। हिजोका शासकहरूले भूमिहीन बनाए, आजका शासकहरूले त्यही पीडामाथि डोजर चलाए। यदि राज्यसँग संवेदनशील दिल, स्पष्ट दिमाग र दूरदर्शी योजना भएको भए, आज यी निर्दोष बालिकाहरूको चिच्याहट देख्न–सुन्नु पर्ने अवस्था आउने थिएन।राज्यले अब अस्पष्टता होइन, स्पष्ट र न्यायपूर्ण नीति बनाउनुपर्छ जहाँ कमजोर र आवाजविहीन नागरिकको पनि संरक्षण होस्। […]
काठमाडौं । नेपाल सरकार सिङ्दरबार काठमाडौँ आदरणीय प्रधानमन्त्रीज्यूम मुम्बईको एउटा अँध्यारो कोठीबाट यो पत्र लेख्दैछु हरेक दिन मेरो आत्मा टुक्रिन्छ र हरेक रात मेरा सपना हरु चिहान मा परिणत हुन्छन मेरो नाम के हो त्यो अब अर्थहिन भैसक्यो म त केबल 22 बर्सकि एउटी नेपाली चेली हु जसको जीवन को रङ यहाँ का गल्लीका धुलो […]
काठमाडौं । अहिले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङ ‘गस्ती’ को शैलीमा काठमाडौंबाहिरका विभिन्न सुरक्षा युनिट र ड्युटीस्थल अनुगमन गरिरहेका छन् । उनको शैलीले विभिन्न जिल्लाका सुरक्षा कमाण्डरलाई अनावश्यक हैरानी भएको छ । प्रहरीहरु जब दैनिक कार्यअवधि सिध्याएर निजी जीवनचर्यामा हुन्छन्, त्यस्तो समयमा गृहमन्त्री आफ्नो कार्यक्षेत्रमा प्रवेश गरिदिन्छन् । गृहमन्त्री आइसकेपछि उनलाई स्वागत गर्नुपर्ने, उनले चाहेका […]