०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

समाचार

काठमाडौंको विभिन्न ठाँउबाट डेढ करोड चोरी गर्ने १० जना गिरोहहरु पक्राउ

ABC (क्राईमबिट) काठमाडौं । साउको गोदामबाट कर्मचारीकै मिलेमतोमा काठमाडौंको डिल्लीबजारस्थित एक गोदामबाट डेढ करोड रुपैयाँ बराबरको कपडा चोरी भएको छ । चोरीको सामान बरामद गरी यसमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय नागरिकले सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट २ मंसिरमा पर्दा तथा सोफा बनाउन प्रयोग महंगा कपडा चोरी भएको थियो । प्रहरी […]

(ABC-Sanchar) दाङ । क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले झण्डै दुई हजार मत अन्तरले अग्रता लिएकी छन् । २३ हजार ५३१ मत गणना हुँदा रेखाले ९ हजार ५९५ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार शङ्कर पोख्रेलले ७ हजार ७५३ मत पाएका छन् ।   रेखा र शंकरबीचको मत […]

(ABC-Sanchar) भैरहवा । रुपन्देहीको क्षेत्र नं.३ मा प्रतिनिधिसभा सदस्य तर्फ राप्रपाका नेता दीपक बोहराले अग्रता लिएका छन्। १४ हजार ७३५ मत गणना गर्दा तीन दलीय गठबन्धनका उम्मेदवार राप्रपाका बोहोराले ५ हजार ६५७ मतसहित अग्रता कायम राखेका छन्। सत्ता गठबन्धनका उम्मेदवार काँग्रेस नेता बालकृष्ण खाँण ४ हजार ९१० मत सहित दोस्रो स्थानमा छन्। यो क्षेत्रमा कुल […]

ABC (क्राईमबिट) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप २ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतको फैसला उपर चित्त नबुझेको भन्दै अख्तियारले मङ्गलवार ती मुद्दा सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो।

(ABC-Sanchar) काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा सडक विभागले पौने ७ अर्ब रुपैयाँ खर्च गरेको छ । प्रथम त्रैमासिक प्रतिवेदनअनुसार विभागले साउन, भदौ र असोजमा ६ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको हो । कुल ३४ अर्ब ६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य भए पनि विभागले १९.७५ प्रतिशत मात्र खर्च गर्न सकेको छ । […]

ABC (क्राईमबिट) काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर-७ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन चलिरहँदा प्रहरी र स्थानीयको बिचमा झडप भयो । मङ्सिर ४ मा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा साँझ पौने ५ बजेतिर झडपको क्रममा एक जना युवकले प्रहरीको इन्सास राइफल खोसेर भागे । अनि, प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दीप ऐडीको घटनास्थलमा […]

(ABC-Sanchar) चितवन । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । लामिछानेले ४४१४ मत प्राप्त गरेका हुन् भने एमालेका कृष्णभक्त पोखरेलले ३९७८ र कांग्रेसका उमेश श्रेष्ठले ३५६० मत प्राप्त गरेका छन् । रविले पछिल्लो मतपरिणामअनुसार ४३६ मतको अग्रता बनाएका हुन् ।

(ABC-Sanchar) काठमाडौं । हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भइरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरूमा भने राजनीतिक सहमति गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए । आयोगले सबै क्षेत्रहरूमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका […]

(ABC-Sanchar) सप्तरी । २ को प्रदेशसभा क्षेत्र नम्बर १ मा सतिशकुमार सिंह १६ हजार ७३४ मतका साथ विजयी भएका हुन् । उनले जनता समाजवादी पार्टीक शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन् । साहले जम्मा ८ हजार २९२ मत पाए । यस्तै प्रदेशसभातर्फको क्षेत्र नम्बर २ मा पनि जनमतकै महेशप्रसाद यादव विजयी भएका छन । उनले […]

(ABC-Sanchar) काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लामिछानेले ४००७ मत पाएका छन् भने अहिलेसम्म अग्रता लिइरहेका एमालेका कृष्णभक्त पोखरेलले ३८७९ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३४१० मत ल्याएका छन्।

error: Content is protected !!