०१ बैशाख २०८३, मंगलबार
14-04-2026 , Tue
×

समाचार

काठमाडौँ क्षेत्र नम्बर ६ मा ‘घण्टीको जीत

(ABC-Sanchar) काठमाडौँ । निर्वाचन क्षेत्र ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व आईजीपी सर्वेन्द्र खनाललाई हराएका हुन् । खनालले १४ हजार २०४ मत ल्याउँदा खनालले ८ हजार ९११ मत मात्र ल्याउन सके । नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधानले ८ हजार ८०५ […]

(ABC-Sanchar) काठमाडौं । पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई कुनै ज्योतिष हैनन् । तर उनले ठिक २ महिना अघि प्रतिनिधिसभा बैठकमा रोष्टमबाट गरेको भविष्यवाणी यतिबेला चरितार्थ भएको छ । उनले भनेअनुसार सहरी क्षेत्रमा नयाँ दल र युवा उम्मेदवारले पुराना नेता र दललाई हायलकायल पारेका छन् । संसदमा तेस्रो वा चौथो दल बन्ने […]

(ABC-Sanchar) काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धमा दिएको स्पष्टीकरण निर्वाचन आयोगमा आइपुगेको छ। जिल्ला निर्वाचन कार्यालय चितवनका मुख्य निर्वाचन अधिकृत हृतेन्द्र थापाले लामिछानेको स्पष्टीकरण आयोगमा पठाएका हुन् । मङ्गलवार प्राप्त भएको स्पष्टीकरण खामको सिलबन्दी नै नखोली आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी थापाले दिए। […]

(ABC-Sanchar) चितवन । क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने ८६८८ मतले अघि रहेका छन्। अहिलेसम्म ३७२२१ मत गणना गर्दा रविले १७५२९ मत प्राप्त गरेका छन्। एमालेका कृष्णभक्त पोखरेलले ८८४१ मत प्राप्त गरेका छन् भने गठबन्धनका उमेदवार कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत ल्याएका छन्।

(ABC-Sanchar) राजविराज । जनमत पार्टीले सप्तरीमा तेस्रो जित हात पारेको छ । यसअघि सप्तरी २(१) र सप्तरी २(२) मा जित हात पारेको जनमत पार्टीले पछिल्लो पटक सप्तरी ३(२) मा जित हात पारेको छ ।   सप्तरी-३(२) मा जनमत पार्टीका शम्भुकुमार साहले बिदेश्वरप्रसाद यादवलाई ४८ मतले हराएका हुन् । साहले १० हजार ८ सय ६२ मत […]

(ABC-Sanchar) काठमाडौं । ललितपुर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी तोशिमा कार्की बिजयी भएकी छन्। बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ मत पाइन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्। भुसाल अहिले ऊर्जा मन्त्री छन्।

(ABC-Sanchar) डडेल्धुरा । प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गर्नुभएको छ। योसँगै उहाँ यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी हुनुभएको हो । कुल ५१ हजार दुई सय तीन मतमा कांग्रेस सभापति देउवाले २५ हजार पाँच सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो […]

(ABC-Sanchar) दाङ । क्षेत्र नं. २ (१) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका राजु खनाल निर्वाचित भएका छन् । खनाल १५ हजार ६१६ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र राना १ हजार १६७ मतले पराजित भएका हुन् ।   घोराही उपमहानगरपालिका वडा नं.१५ निवासी खनाल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति उपाध्यक्ष […]

(ABC-Sanchar) काठमाडौं । आन्दोलन थालेपछि डीनको कार्यालयले शुल्क नबढाएको प्रष्ट पारेको छ । कात्तिक ३० गते डीनको अध्यक्षतामा बसेको सम्बन्धन प्राप्त कलेजहरूका प्रतिनिधिसँगको बैठकले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको परीक्षा फारम शुल्क २ हजार ५०० नै यथावत राख्ने निर्णय गरेको थियो । त्यस्तै विद्यार्थीहरूको पुनः परीक्षा शुल्क सम्बन्धमा डीनको कार्यालयको २० माघ २०७८ मा गरेको निर्णयलाई […]

ABC (क्राईमबिट) काठमाडौं । चुनावलगत्तै नेपाल प्रहरीमा एआइजी बढुवाको तयारी सुरु भएको छ । प्रहरीमा एआइजीका चार पद रिक्त छन् । नयाँ सरकार बन्न समय लाग्ने भएकाले अहिलेकै सरकारले रिक्त पदमा बढुवा गर्न लागेको हो । निर्वाचनको अन्तिम परिणाम आउँदा गठबन्धनबीचकै दलहरु मिलेर सरकार बन्ने÷नबन्ने अहिले प्रष्ट संकेत देखिएको छैन । त्यसकारण पनि सरकार बन्न […]

error: Content is protected !!