२९ चैत्र २०८२, आइतबार
12-04-2026 , Sun
×

समाचार

मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्। गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ। सार्वजनिक तथा सरकारी कार्यालयहरूमा […]

  नेपाल प्रहरीले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बिथोल्ने तयारीमा रहेका समूहमाथि निगरानी बढाएको छ। निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरीले आन्तरिक तयारी अन्तिम चरणमा पुर्‍याएको छ। मतदानको मिति नजिकएसँगै निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका समूहले हिंसात्मक गतिविधि गर्नसक्ने कुरालाई ध्यानमा राख्दै प्रहरीले त्यस्ता समूहमाथि निगरानी सुरु गरेको हो। […]

  (आलोक भावुक) दाङ । गढवा गाउँपालिका वडा नम्बर १ बडहराका निश्चल यादवलाई मृत अवस्थामा प्रहरीले फेला परेको छ। यादव शनिबार दिउसो १२:१५ बजे कपाल काटेर नुहाउन गएको बेला राप्ती नदीमा डुबेर हराएका थिए। आज चौथौ दिन डुबेको स्थानदेखि पश्चिम तिर झोलुङ्गे पुलको सिधा तल मृत अवस्थामा भेटिएको रामसुरत यादवले जानकारी दिनु भएको छ । […]

(सागर थापा) दाङ । राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा गएराती ९:१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको छ । आगलागीबाट घरभित्र रहेको नगद रू ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र […]

ABC (क्राईमबिट) दाङ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यक सेवाका सवारीसाधन बाहेकका सवारीसाधनहरुलाई रातको समयमा चल्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय दाङले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनका सन्दर्भमा समाजमा डर,त्रास एवं भय सृजना गरी निर्वाचनको शान्तिपूण वातावरण बिथोल्ने जस्ता कार्यहरु […]

ABC (क्राईमबिट) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुख भएर गएका सहसचिव बासुदेव घिमिरे प्रहरीका कारण तनावमा परेका छन् । भिजिट भिसामा हुने सेटिङमा प्रहरीले रोक लगाएर अध्यागमको कमाई सुकेको छ । अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि विगत तीन महिनायता प्रहरीले सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ । विमानस्थल प्रहरी र मानव बेचबिखन अनुसन्धान […]

(ABC-Sanchar) काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्रीसहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय […]

  (केभि निस्चल) दाङ । याे देखिरहेकाे जग्गा याे भन्दा अगाडि बाजै थियाे वरिपरि झारै झारले पुरियकाे जग्गा भने एकाएक कृषि उत्पादन ठाउँ बन्याे गरे के हुदैन र भन्ने जाेस र जागर सहित अगाडि बढेका दाङ्ग दङ्गिसरन छ लेटारमा रहेकाे नबजागरन युबाक्लबका युबाहरुले देउसि भैलाेबाट जम्मा भयकाे रकमले दङ्गिसरन ६ मा रहेकाे सामुदायिक भबन आसपासमा […]

ABC (क्राईमबिट) सिरहा । मिर्चैयास्थित पोखरीमा डुवेर दाजुभाई सहित तीन भारतीय बालकको मृत्यु भएको छ। मिर्चैया नगरपालिका १ कमियाटोल नजिक रहेको जेके इँटा उद्योगमा कार्यरत भारत विहार पुरनियाँ थाना खरिन्चया २७ का खुर्सिद आलमका छोराहरु वर्ष १२ का अलि हसन, १० वर्षिय नवि हसन र अररिया जिल्ला, थाना जोगवनी निरगंज २२ का नन्दलाल दाशका १० […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिएको छ। मातहतमा राम्रोसँग निगरानी र नियमन गर्न नसकेको आरोपमा उनीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले मधेस प्रदेशका प्रहरी प्रमुख मसउद आलम खाँलाई निर्देशन दिएका हुन्। प्रदेशस्तरीय सुरक्षास्तरीय गोष्ठी चलिरहेकै वेला गत साता धनुषामा कार्यरत प्रहरी नायब निरीक्षक घुससहित पक्राउ परेका थिए। […]

error: Content is protected !!