२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटना

टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटनमा परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए।  दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन। उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ। दुर्घटनाको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।  साभार

लजको कोठाभित्र पाहुनाहरूको गोप्य रूपमा भिडियो रेकर्ड गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको बाँसबारीस्थित बाँसवारी रेष्ट्रो क्याफे एन्ड लजमा बस्न आउने पाहुनाहरूको गोप्य रूपमा अश्लील भिडियो रेकर्ड गर्ने गरेको आरोपमा चन्द्रागिरीका मुकेश मालीलाई पक्राउ गरेको हो ।प्रहरी बृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको टोली लजमा पुगी उनको मोबाइल फोन नियन्त्रणमा लिई चेकजाँच गर्दा  गेष्‍ट हाउसमा […]

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका  ३१ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ कुवाटोलस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ९ सय रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । चितवनको भरतपुर महानगरपालिका–१६ […]

बर्दिया । राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेको छ । बिहान सात बजेदेखि नै सेवाग्राही जिल्ला प्रशासन कार्यलयको गेटमा सेवा लिन पुगिसकेका हुन्छन् । प्रशासनमा सेवाग्राहीको चाप बढेको भदौ मसान्तसम्म एक लाख ९८ हजार तीन सय ५२ जनाले परिचयपत्र पाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले जानकारी दिए । एक दिनमा […]

एजेन्सी । कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ । संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले लगाउने मान्छे नभएपछि १० करोड डोज खोप नष्ट गरिएको बताएका छन् । बजारमा माग नभएर डेट एक्स्पायर हुन लागेपछि खोप नष्ट गरिएको हो । पुनावालाले गत […]

तनहुँ । बन्दीपुर गाउँपालिका-३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट शुक्रबार बिहान बालिकाको मृत्यु भएको छ । घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाले आक्रमण गर्दा ११ वर्षीया बीना चेपाङको मृत्यु भएको हो । बिहान ६ः३० बजेको समयमा चितुवाले बालिकाको घाँटीमा आक्रमण गरेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । बन्दीपुरमा चितुवाको आक्रमण बढ्दो छ । गत असारमा […]

काठमाडा । लागुऔषध नियन्त्रण ब्यूरोले पर्सा र पोखराबाट २१ जनालाई पक्राउ गरेको छ । खैरो हेरोइन, गाँजा र नियन्त्रित एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्युरोका एसएसपी विकाशराज खनालले बताए । खैरो हेरोइन ३३ दशमलव ४ ग्रामसहित ८ जना पक्राउ परेका छन् । सोलुखुम्बु घर भएका ग्याल्जेन शेर्पा, इलाम घर भएका दिनेश तामाङ, सिर्जना राई […]

विद्युत तारबाट ‘हुक’ गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गाउँका २० वर्षीय सर्वन बुढा, २२ वर्षीय अर्जुन बिक […]

पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स प्रालिका प्रमुखसहित व्यवस्थापकलाई प्रहरीले उद्धार गरेको छ । उद्योगमा कार्यरत मजदुरहरुले चाडपर्वमा बोनस नदिएको भन्दै  उद्योगका प्रमुख अशोक शर्मा, महाप्रबन्धक सतिष शर्मा, प्राविधिक शाखा प्रमुख एम के दास, उद्योग व्यवस्थापक प्रेमकुमार सिंह, प्रशासकीय अधिकृत राजेश श्रेष्ठसहित ८ जना कर्मचारीलाई थुनेका थिए ।बुधवार दिउँसो १ बजे मजदुर र उद्योग […]

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले दुई विवादास्पद एसपीलाई कारबाहीस्वरुप इन्चार्जबाट हटाएको छ । सप्तरीमा कार्यरत प्रदीप खड्का र दार्चुलाका एसपी त्रिभुवन बिष्टलाई हटाइएको हो । खड्काको तालिम शिक्षालय ककनी, बिष्टको प्रधान कार्यालयमा सरुवा भएको छ । दुवै गणमा नयाँ एसपी पठाइएको छ । सप्तरीमा तिर्थ पौडेल तथा दार्चुलामा डम्बर बिष्टलाई पठाइएको छ । सप्तरीका एसपी […]

error: Content is protected !!