२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

इप्रका कोहलपुर प्रहरीले लागूऔषधसहित दाङका बन कर्मचारी २ जना लाई पक्राउ

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालयले डिभिजन बन कार्यालय घोराही दाङमा रेन्जर पदमा कार्यरत २८ बर्षिय किरण तिवारी र तुल्सीपुर १८ दाङ बस्ने २७ बर्षिय भरत चौधरीलाई लाई १४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय […]

लुम्बिनी प्रदेश सरकारका बहालवाला मन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै भारतीय गाडीको लस्करसहित चुनावी प्रचार गरेका छन्। लुम्बिनी प्रदेशका भौतिक योजना मन्त्री सहसराम यादवले निर्वाचन प्रचारका निम्ति भारतीय गाडी प्रयोग गरेका हुन्। आगामी मंसिर ४ मा हुने निर्वाचनमा यादव कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन्। यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भई प्रदेश सभा […]

दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्। चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार दिउँसो १ बजेतिर […]

डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय १६ छ। हालसम्म नेपालमा […]

ABC (क्राईमबिट) काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट तस्करीको सुन पनि बरामद भएको छ । विमानस्थलको स्वागत गेटबाट भन्सार छलि ल्याएको सुन करिब ७० ग्राम सहित दाङ तुल्सीपुर उपमहानगरपालिका–४ बस्ने ३८ वर्षीय दल बहादुर डाँगीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको उडानद्वारा […]

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो। परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने […]

स्पेनका राजा फिलिपे छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेका छन्। स्पेनका लागि नेपाली राजदूतका रूपमा नियुक्त शर्मिला पराजुली ढकालको ओहोदाको प्रमाणपत्र ग्रहणका क्रममा स्पेनी राजाले यसअघि अनौपचारिक रुपमा नेपालको भ्रमण गरेको स्मरण गर्दै उपयुक्त समयमा पुनः नेपाल भ्रमण गर्ने चाहना गरेको बताए। भेटका क्रममा स्पेनी राजाले नेपालमा कोभिड तथा हालैको बाढी पहिरोका कारण ज्यान गुमाएकाप्रति समवेदना प्रकट […]

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएका ४०७ जनाका लागि आज जरिवाना बुझाउने अन्तिम दिन हो। स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई आयोगको आजसम्मको समय सीमा दिएको हो। निर्वाचन आयोगले केहि दिनअघि सूचना निकालेर जरिवाना बुझाउन भनेको थियो। आयोगले आज शनिबार परे पनि प्रदेश तथा […]

नेपाल टेलिकमले तिहार, छट र म्हपूजाको अवसरमा आइतबारदेखि विभिन्न डेटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ। यो अफर कात्तिक ६ गतेदेखि कात्तिक १५  गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ। डेटा प्याक अन्तर्गत २९४ रूपैयाँमा दस दिनभित्र प्रयोग गर्न सकिने २० जिबी डेटा उपलब्ध हुनेछ। त्यस्तै ९८ रूपैयाँमा तीन दिनभित्र प्रयोग […]

नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवसका अवसरमा ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि ऐक्यबद्धता’ विषयवस्तुमा आधारित आज  विभिन्न कार्यक्रमको आयोजना गरेको छ । सेनाले त्यसक्रममा सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानमा अन्य सुरक्षा फौजको समेत सहभागितामा मार्च–पास्ट, झाँकी, जुम्बा र व्याण्ड प्रदर्शन प्रस्तुत ग¥यो । त्यस अवसरमा काठमाडौँ उपत्यकाभित्रका सैनिक आवासीय महाविद्यालय÷विद्यालय र राष्ट्रिय सेवा दलका […]

error: Content is protected !!