२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद

काठमाडौं । खानेपानी तथा सररसफाई डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ । २८ लाख रुपैयाँ घुसवापतको भएको र खानतालासीका क्रममा उनीसँग थप नौ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगको टोलीले प्लम्बर बखत बहादुर थापासहित उनलाई बुधबार […]

(ABC-Sanchar) दाङ । उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् । नेकपा खारेजीपछि नेकपा एमाले […]

ABC (क्राईमबिट) धनुषा । सुनसरीको इनरूवा नगरपालिका ६ का २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार गए राति प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सवार युवामाथि धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरस्थित नहरचोकमा चेकजाँच गर्ने क्रममा कालो रंगको झोलाभित्र उक्त रकम बरामद भएको थियो। […]

ABC (क्राईमबिट) सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सक्कली वा नक्कली परीक्षण गर्ने उपकरण यातायात व्यवस्था विभागको कार्यालयले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि विभागले बुधबार एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो । विभागका तर्फबाट महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय […]

तनहुँको आँबुखैरेनीबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी–३ घर भएका २८ वर्षका सिजनप्रसाद अधिकारी र बाग्लुङ काठेखोला गाउँपालिका–४ घर भएका २२ वर्षीय नरबहादुर थापा छन् ।मुग्लिङबाट आँबुखैरेनी तर्फ पैदल आएका सिजनको साथबाट प्रहरीले नुफ्रिन १५ एम्पुल, फेनारगन १५ एम्पुल र डाइजेपाम १९ एम्पुल बरामद गरेको छ । त्यस्तै सुनौलीबाट पोखरा आउँदै […]

सर्लाही । सर्लाहीको बागमती नगरपालिकाको मिलनचोकमा एक युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाडौंमा संचालित छैठौं एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको समापन गरेका छन् । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित दिक्षान्त समारोहमा उक्त कोर्षमा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक सुरेश गैरेलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ र […]

(सागर थापा) काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री […]

बझाङमा जिप दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्वर भण्डारीले बताए। भण्डारीका अनुसार थप विवरण आउँन बाँकी छ।साभार

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहरस्थित चोकबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । सुनसरी जिल्ला इनरुवा नगरपालिका–२ बस्ने २७ वर्षीय बजरंगप्रसाद गुप्तासहित दुई जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बरमझियाबाट खटिएको प्रहरीले प्र.१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेलापछि […]

error: Content is protected !!