२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

चितवन राष्ट्रिय निकुञ्जको गैंडा करेन्ट लागेर मृत्यु

(ABC-Sanchar) चितवन । करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैँडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र […]

(ABC क्राईमबिट) दाङ । यौन दुर्ब्यबहार आरोपि घोराही उपमहानगरपालिका १३ निबासी ऋषि पोखरेल पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले जानकारी दिनुभएको छ । आरोपी पोखरेल लुकिछोपी बस्दै गरेको अबस्थामा दाङ प्रहरीको विशेष सिबिल प्रहरीले गोप्य अनुसन्धान र सूचनाको आधारमा नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए […]

काठमाडौं । नाबालिग बलात्कारको आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । असोज २० गते पक्राउ परेका सन्दीप लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । सुरुमा ७ दिन थुनामा राख्न अदालतले सुरुमा अनुमति दिएको थियो । बिहीबार ५ दिन राख अनुमति दिएको हो […]

काठमाडौं । नेकपा एमालेका नेता रामवीर मानन्धरले आफ्नो उम्मेदवार कायम राखेका छन् । पार्टी अध्यक्षका केपी शर्मा ओलीले टिकट नदिएपछि उनले काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।एमालेले श्यामप्रसाद घिमिरेलाई उम्मेदवार बनाएपछि मानन्धरले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सो क्षेत्रबाट सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीका मानुषी यमी भट्टराईलाई समर्थन गरेको छ । जनता समाजवादी पार्टीबाट […]

नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि […]

चुनावको मुखमा प्रहरी काज बिकृती रोकिएको छैन । नेताहरुको दबाबमा तल्लो तहदेखि माथिल्लो तहका प्रहरीको काज सरुवा भइरहेको छ ।प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय खानीखोला धादिङमा इन्सपेक्टर डबल बहादुर बमलाई खटाएको छ । त्यहाँ कार्यरत इन्सपेक्टर अपूर्व ढुंगाना बलात्कार प्रयासको आरोपमा थुनामा परेपछि नयाँ इन्सपेक्टर पठाइएको हो ।त्यस्तै, एसएसपीकै पनि काज सरुवा गरिएको छ […]

अर्घाखाँची । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अर्घाखाँचीमा एकै गाउँका पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको १ र प्रदेश सभाको लागि दुई निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन पदका लागि जम्मा २९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमा पाँच जना सन्धिखर्क नगरपालिका–९ अर्घाका छन् । नेकपा एमालेबाट प्रतिनधिसभामा उम्मेदवारी दर्ता […]

भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरू भएको आठ वर्ष भयो। निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। पुल निर्माण अलपत्र अवस्थामा छ। बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ। निर्माणका क्रममा पुल दुईपटक भत्कियो। सो क्रममा मजदुरको मृत्यु र केही […]

वारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन) विरुद्ध एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । वडा अध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार ईलाका प्रहरी कार्यलय निजगढमा जाहेरी परेको हो । श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले […]

जुम्ला । एक सातादेखि परेको अविरल वर्षाले जुम्लामा बाढीपहिराबाट १० जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। मङ्गलबार विपद् व्यवस्थापन समितिको बैठकमा विपद्ले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर भत्कँदा ८ जनाको मृत्यु भएको छ । गुठीचौर गाउँपालिकामा […]

error: Content is protected !!