२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

समाचार

बिरगंजबाट २८ लाख ५६ हजार स्रोत नखुलेको भारतीय रुपैयाँसहित ३ जना पक्राउ

ABC (क्राईमबिट) पर्सा । नुवाकोटको शिखरवेसी–७ घर भएका ४५ वर्षीया अनिता तामाङसहित ३ जना छन् । आरोपीहरुलाई शनिवार साँझ वीरगञ्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोकबाट पक्राउ गरिएको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । एसपी बस्नेतले भने–‘आरोपीहरुलाई नगदसहित थप अनुसन्धान र कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बारामा पठाउँछौं ।’

(ABC-Sanchar) काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सुरु भएको छ । काठमाडौंसहित देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन दर्ता गराउन थालेका हुन् । निर्वाचन आयोगका अनुसार मनोनयन दर्ताको कार्य बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहनेछ । मनोनयन दर्ताका लागि मङ्सिर २० गतेसम्ममा सबै […]

(ABC-Sanchar) काठमाडौं । नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । चौधरीले दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले रेवतीरमण शर्मालाई उमेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेका हुन् । निवर्तमान सांसद समेत रहेकी चौधरीले क्षेत्र नम्बर १ मै स्वतन्त्र उम्मेदवारी दिने […]

(ABC-Sanchar) काठमाडौं । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका […]

(ABC-Sanchar) काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन् । उनी निजी निवासमा फर्किएको उनको सचिवालयले जनाएको छ । सापकोटा २०७६ सालमा सभामुख निर्वाचित भएका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त पदमा सापकोटा निर्वाचित भएका थिए । सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन […]

(ABC-Sanchar) जाजरकोट । अविरल वर्षासँगै जाजरकोट सदरमुकामदेखि सबै पालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । सोलार सिस्टममा घाम नलाग्दा यहाँका टेलिफोन टावरले काम नगरेका हुन् । सदरमुकाममा समेत तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा फोन सेवा अवरुद्ध भएको छ । जिल्लाका सातै पालिकामाका साथै छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिममा समेत सञ्चार सेवा अवरुद्ध भएको छ […]

ABC (क्राईमबिट) बाँके । नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जुम्ला तातोपानी गाउँपालिका-५ लाम्टा बस्ने २४ वर्षीय किसन नेपाली र चन्दननाथ नगरपालिका-२ बस्ने २१ वर्षीय अरुण भण्डारी रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको क.१ प ११९७ […]

(ABC-Sanchar) काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् । शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले बताएका छन्।

(ABC-Sanchar) बाँके । बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको थियो । विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो । केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको प्रमुख जिल्ला अधिकारी बन्धु […]

ABC (क्राईमबिट) दाङ । दाङ प्रहरीले गोप्य सूचनाको आधारमा जुवा खेली रहेका १५ जुवाडेहरुलाई ५ लाख बढी रकमसहित पक्राउ गरेका छ । दाङ प्रहरीका अनुसार पक्राउ परेका मध्य एक जना वडा सदस्य र एक जना सशस्त्र प्रहरीका जवानपनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीका अनुसार दाङको दंगिशरण गाउँपालिका […]

error: Content is protected !!