ABC (क्राईमबिट) पर्सा । नेपालमा प्रतिबन्धित कोरेक्स नामक लागुऔषध भित्र्याउने एक युवक सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालमा कोरेक्स ल्याइरहेका बेला सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा टोलीले भन्सार गेटमा सशस्त्र प्रहरीले चेकजाँचको क्रममा २ बोतल कोरेक्स सहित एक युवकलाई डियुटी इन्चार्ज असइ रोम भारतीको निर्देशनमा पक्राउ गरे लगत्तै केही मिनेटमै रिहा गरेको छ् […]
आफ्नै साथीहरूबाट अपहरणमा परेका सिराहा गोलबजार-३ का १७ वर्षीय अंशु सदाको हत्या फिरौती वापतको रकम नदिँदा भएको खुलेको छ। सिराहा गोलबजारबाट अपहरण गरेर विराटनगर ल्याएका अपहरणकारीहरू फिरौती वापतको पैसा बुझ्न जाने क्रममा प्रहरी फन्दामा परेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाका अनुसार अपहरणकारीले माग गरेको एक लाख रूपैयाँ नदिएपछि अपहरणको तीन […]
काठमाडौं । काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिला तामाङलाई धरानका मेयर हर्क सम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो । त्यसपछि शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन् । […]
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गरको छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिएपछि आज पदभार ग्रहण गरेका हुन् । सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘कानुनको पहुँचमा नभएकाहरूलाई केन्द्रमा राखेर कानुन निर्माण […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी पुरुषोत्तम थापालाई दिइएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का रहेको थिए । उनको बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवाभएपछि बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार विहान निर्देशन दिनुका साथै परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन गर्नु भएको छ । निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट […]
ABC (क्राईमबिट) काठमाडौं । ३ महिनादेखि हिरासतमा रहेका सशस्त्र प्रहरीका हवल्दार नरेश साहु हिरासतमुक्त भएका छन् । उनलाई संगठनका गोप्य सूचना चुहाएको आरोपमा सशस्त्रले कारबाही अगाडि बढाएको थियो । तर सशस्त्रको अदालतले आरोप पुष्टि नहुने ठहर गर्दै फैसला गरेपछि सशस्त्र प्रहरीको ४४ नम्बर गणमा कार्यरत साहुलाई बुधबार हिरासतमुक्त गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरूषोत्तम थापाले […]
दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार घटना मंगलबार बिहान सवा ५ बजेको हो। काठमाडौं महानगरपालिका-२६ गल्कोपाखास्थित हनुमान चोक नजिकै एक समूहले दुई जना पुरूषलाई धारिलो हतियार, […]
दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सर ‘योजनाबद्ध’ खुकुरी प्रहार गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर फर्किएका बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ ।डेरा जाँदै गरेका बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा सवार ८ जनाले खुकुरी प्रहार गरेको अनुसन्धानमा संलग्न […]
बारा । बारामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन् । बाराको प्रसौनी गाउँपालिका–५ प्रस्टोका दीपेन्द्र चौधरीले श्रीमती र छोराछोरीको हत्या गरेर भाग्दै गर्दा दुर्घटनामा परेको अवस्थामा दीपेन्द्र पक्राउ परेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार दीपेन्द्रले २५ वर्षीया पत्नी सुजता चौधरी, छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ […]