०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

समाचार

नेपाल सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दियो

(ABC-Sanchar) काठमाडौं । बिहिबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिइएको सुचना अधिकारी बसन्त भट्टराईले जानकारी दिनुभएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले एक विज्ञप्ती जारी गर्दै बिहिबार बिदा दिने निर्णय गरेको हो । सुचना अधिकारी भट्टराइका अनुसार, नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।

(ABC-Sanchar) बाँके । बाँकेको राप्तीसोनारीबाट मान्छे खाने नरभक्षि बाघ नियन्त्रणमा आएको छ । वन डिभिजन कार्यालय बाँकेका प्रमुख दाधिराम काँडेलका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं.६ स्थित रहेको समुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रण्मा आएको बाघलाई खोरमा लैजाने तयारी गरिएको प्रमुख काँडेलले बताए। पछिल्लो समय राप्तीसोनारीमा बाघ मान्छे माथि पटक पटक आक्रमण गरि घाइते बनाउनुका […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलिले अटोमेटिक पेस्तोल सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगंज उप-महानगरपालिका वडा नं. १२ को २८ वर्षिय दीपेन्द्र अधिकारी, सोही ठाउँको वडा नंं १८ बस्ने २२ वर्षिय शुसान्त केसी र जिल्ला कैलाली लम्कीदुहा नगरपालिका वडा नं. ३ बस्ने […]

(ABC-Sanchar) काठमाडौँ । साँझ परिसकेको छ, चिसो स्याँठले निरन्तर हानिरहेको छ, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको छ । महाशिवरात्रिका अवसरमा मङ्गलबार बेलुकीको यो दृश्य बुधबार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने […]

(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने पर्दा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छ्ली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले आज बेलुका साढे ५ बजे बरामद गरेको इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । पर्दा संगै प्रहरीले १८ सय पीस स्टिलको चम्चा […]

ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा बयान सकिएपछि प्रहरीले मोडल पल शाहलाई गैंडाकोटतर्फ लगेको छ। बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका शाहलाई पीडित नाबालिगको उजुरीको आधारमा प्रहरीले तनहूँबाट गैडाकोट लगेको हो। गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी […]

(ABC-Sanchar) सुर्खेत । एमसिसि सदनबाट पारित भएको विषयको बिरोधमा उत्रेका समूहले तोडफोडमा उत्रे पछि जिल्ला प्रशासन कार्यालयले हिजो सोमबार साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने जानकारी दिए । उनले भने,‘ अवस्था सामान्य भएको र कर्फ्यु अवधिमा कुनै प्रदर्शन नभएकोले अवस्था […]

(ABC-Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथको दर्शनमा पुगेका हुन् । उनी पशुपति पुग्दा समर्थकहरुले घेरेका थिए भने सो क्रममा राजावादीले शाहको जयजकार गर्दै नारासमेत लगाएका थिए । करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

(ABC-Sanchar) जुम्ला । मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माउनुभएको छ । सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिनुभएको हो । आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा याे मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले […]

error: Content is protected !!