२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

नववर्षको अवसरमा नेकपा एमाले कुपोन्डोल १ द्वारा शुभकामना आदान प्रदान

बैशाख १०,काठमाण्डाै । नया वर्ष २०७९ सालको अवसरमा नेकपा एमाले ललितपुर उपमहानगरपालिका कुपोन्डोल १ न वडाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडाका सम्पुर्ण एमाले पार्टी प्रति आस्थावान तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । आज बिहान ८ बजे ललितपुर उपमहानगरपालिका १ कुपोन्डोलमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा […]

ABC (क्राईमबिट) दाङ । लागु औषध (गाजा) सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने अन्दाजी बर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला बस्ने अन्दाजी बर्ष ४५ का शिव मोहोमद मिया रहेका छन् । बिहीबार बिहान ११ बजेको समयमा राप्ती गाउँपालिका वडा नं. […]

लमजुङ सदरमुकाम बेसीशहरबाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।बेसीशहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका व्यक्तिहरु हार जितको लागि बाजी राखि जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ बुक तास पनि […]

नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा भएको छ । सिफारिस उपर उजुरी नपरेपछि गृह मन्त्रालयले बिहीबार बढुवा गरेको हो । उनीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार दज्र्यान्ही चिन्ह लगाएका छन् ।नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक क्षेत्रीले दज्र्यानी चिन्ह सुशोधन गरेका छन् । बढुवा भएका […]

रुपन्देही । शुक्रवार बुटवलमा हावाहुरीसहित र वर्षा भएको छ । शुक्रवार दिउँसो करिब साढे ४ बजेदखि यहाँको मौसममा एक्कासि परिवर्तन आएको हो । हावाहुरी र वर्षाले विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध भएको छ ।निर्माणका काममा समेत प्रभाव पारेको व्यवसायीहरूले बताएका छन् ।

काठमाण्डाै – कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सीमानाकाबाट वैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो । यसरी पक्राउ पर्नेहरुमा जानकी गाउँपालिका वडा […]

दाङको लमहीस्थित मस्जिदमा अपरिचित समूहले आक्रमण गर्दा ८ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नमाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र इँटा प्रहार गरेका थिए । अपरिचित व्यक्तिहरूको समूहले मज्जिद परिसरमै धारिलो हतियार र इँटा प्रहार गर्दा […]

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ घर भएका ३० वर्षीय रामकृष्ण भण्डारी छन् ।काँकडभिट्टा बाट काठमाडौं आउँदै गरेको प्रदेश–१–०२–००१ नम्बरको बसमा सवार भण्डारीको साथबाट ६ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ४ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । […]

बर्दियामा एक युवकको शव भेटिएको छ । जिल्लाको राजपुर नगरपालिका–६ बिक्रमपुरका २६ वर्षीय गोपाल थारुको शव भेटिएको हो । राजपुर नगरपालिका ५ को कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीवार गोपाल मृत भेटिएका हुन् । बुधवार बेलुकी घर नफर्किएका उनको खोजी गर्ने क्रममा कुलोको पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा […]

error: Content is protected !!