२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

विभूषण पाएको १० दिनपछि मालपोत अधिकृत डेढ लाख घुससहित पक्राउ

नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा तपाईंबाट उल्लेखनीय योगदानको उच्च मूल्यांकन गर्दै सम्मानस्वरूप प्रबल जनसेवाश्री चतुर्थद्वारा विभूषित गरिएको छ, मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपाली जनताको गौरव एवं श्रीवृद्धिमा तपाईंलाई थप सफलता प्राप्त हुनेछ,’ मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरू महतलाई गत १ वैशाखमा विभूषण प्रदान गर्दा ‘विभूषण अधिकारपत्र’मा लेखिएको विवरण हो […]

नेपाली कांग्रेस कोहलपुर नगर समितिको कार्यालयमा कांग्रेसका नेता कार्यकर्ताहरुले तालाबन्दी गरेका छन् । उम्मेदवार छनोटमा असहमती राख्दै उनीहरुले कोहलपुर बसपार्कमा रहेको नगर कार्यालय तालाबन्दी गरेका हुन् । कोहलपुरको मेयरको लागि युवा नेता पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता पौडेल सुवेदीलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ । नेपाली कांग्रेसमा लामो ईतिहास बोकेका साथीहरु हुँदाहुँदै युवालाई टिकट दिएकोले […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले भन्सार छलेर ल्याएको सुन र मोबाइलसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा घर भएका सुमनकुमार कापर, रोल्पा घर भएका खिमराज डाँगी, दाङ घर भएका प्रताप चौधरी र स्याङ्जाका सुरज हमाल छन् ।दुबईबाट हिमालय एयरलाइन्सको उडानमा काठमाडौं आएका कापरको साथबाट ५० ग्राम तौल भएको सुनको बिस्कुट बरामद गरिएको विमानस्थल […]

डेढ लाख रुपैयाँ घुससहित मालपोत अधिकृत पक्राउ परेकी छिन् । जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा पनेरु महतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।ताप्लेजुङको फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंयिारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन् । फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडीबाट उनलाई आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले […]

ABC (क्राईमबिट) धनगढी । नेपाल भारत सीमा समन्वय समितिको शनिबार कैलालीमा सम्पन्न बैठकले निर्वाचनका बेला भारतसंग सीमा जोडिएका जिल्लाका सीमा नाकामा ४८ घण्टा अघिदेखि ७२ घण्टासम्म बन्द गर्ने निर्णय भएको हो । शनिवार दुई देशका सुरक्षा अधिकारीहरूको उपस्थितिमा कैलालीको गोदावरीमा बैठक सम्पन्न भएको हो । गृह मन्त्रालयबाट निर्देशन भए अनुरूप चुनाव लक्षित कार्यक्रम अन्तरगत नेपाल–भारतका […]

ABC (क्राईमबिट) काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको छ । सरुवा तथा पदस्थापन सूचीअनुसार बागमती, लुम्बिनी, सुदूपश्चिम र मधेश प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य […]

ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका-१५ बस्ने ५२ वर्षीय याम बहादुर डाँगीको घरमा तास खेलिरहेको अवस्थामा डाँगी समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । डाँगीको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४७ हजार ५ सय रूपैयाँ र ७ बुक तास सहित […]

(ABC=SANCHAR) जुम्ला । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भाञ्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भाञ्जी १४ वर्षीया तिर्सना सार्की […]

मेगमन बुढा दाङ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी मोबाइल व्यवसायी संघको आयोजनामा ३ महिने मोबाइल मर्मत सम्बन्धि तालिम आज एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । जनतासंग मेयर कार्यक्रम अन्तरगतद्वारा संचालन हुन लागेको ३ महिने तालिमलाई विधिवत रुपमा लमही नगरपालिकाका प्रमुख मेयर कुलबहादुर केसीले शनिबार उद्घाटन गर्नु भएको हो । त्यसैगरी उक्त तालिमको […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ। चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो। नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली छ। खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको गृह स्रोतले जनायो। निर्वाचन आचारसंहिताका […]

error: Content is protected !!