ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङजामा कार्यरत प्रहरी जवान श्याम ब.रास्कोटीले जिल्ला प्रहरी कार्यालय स्याङजाको CRS शाखाको जिम्मेवारी सम्हाली कार्य तथा अपराध अनुसन्धान शाखासंग संमन्वय गरी बिभिन्न मुद्दाका अभियुक्तहको Criminal Record हेर्नुका साथैबिभिन्न मुद्दाका फरार अपराधीहरुलाई खोजतलास गरी पक्राउ गर्न उल्लेखनिय भुमिका निर्वाह गरेको र आफुलाई सुम्पिएको जिम्मेवारीईमान्दारी, वफादारीकासाथ त्रुटीरहित ढंगबाट कार्य सम्पादन […]
सिन्धुपाल्चोकमा स्थानीय तह निर्वाचन २०७९ को सुरक्षाको लागि म्यादी प्रहरीमा नियुक्ति भएका एक जनाको भीरबाट लडेर ज्यान गएको छ ।चौतारा सागाचोकगढी नगरपालिका-६ का दुर्गासिंह बस्नेत सोही नगरपालिकाको वडा नम्बर ७ स्थित मेलचौरमा प्रशिक्षणका लागि सहभागी हुने क्रममा लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बुधबार […]
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त […]
गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार चन्द्रागिरीबाट उपाध्याय पक्राउ परेको हो ।उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको जाहेरीका आधारमा प्रक्राउ गरिएको परिसरले जनाएको छ ।अंगद खड्काको जाहेरीपछि प्रहरीले उपाध्यायको खोजी गरिरहेको थियो ।रातोपाटि बाट
त्रिभुवन भन्सार कार्यालयले डाइपरमा लुकाएर ल्याउँदै गरेको ३१७ ग्राम सुनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । कार्यालयले कतार एअरवेजमार्फत दोहाबाट काठमाडौं आएकी महिलालाई नियन्त्रणमा लिएको हो ।दोलखाकी २४ वर्षिय महिला यात्रु हिजो वैशाख ७ गते बेलुका ७ बजे काठमाडौं ओर्लिएकी थिइन् । त्रिभुवन भन्सार कार्यालयले उनको साथबाट ४२ थान बच्चाको डाइपरमा लुकाएर ल्याइएको ३१७ ग्राम […]
१० हजार रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका असइले अदालतबाट सफाइ पाएका छन् । असई श्यामबहादुर माझीलाई बुधबार बिशेष अदालतले सफाइ दिएको हो ।अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोकमा कार्यरत रहँदा उनले बेलुका ढिला चल्ने गाडीसँग घुस लिएका थिए । प्रति गाडी दुई हजारका दरले घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ को भदौमा पक्राउ […]
बुधबार साँझ महोत्तरीको बर्दिबास–१३ बजिलपुरा डाँडाटोलमा पेस्तोल देखाएर आतंक मच्चाउने युवक पक्राउ परेका छन् । २८ वर्षिय लालबाबु भण्डारीलाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो उनले पेस्तोल देखाएर विवाहको गाडी तोडफोड गरी स्थानीयलाई आतंकित बनाएका थिए । भण्डारी स्थानीय हुन् । नौ एमएमको चिनियाँ पेस्तोल र एक राउण्ड गोलीसहित उनलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । उनी तीन दिने नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाडौं आइपुगेका हुन् ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणमा उनी नेपाल आएका हुन् । महानिर्देशक गेब्रेयससलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी अधिकारीहरुले स्वागत गरेका थिए । वैशाख ८ देखि १० गतेसम्म उनले नेपालको भ्रमण गर्ने […]
काठमाडौं । नेपाल प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभागमा पनि नयाँ नेतृत्वका लागि यतीबेला चर्काे प्रतिस्पर्धा छ । हालका एआइजी यादव रेग्मीले ११ बैशाखमा अवकाश पाउने भएपछि उनको पदमा बढुवा लागि डिआइजीबीच दौडधुप छ । हाल जो एआइजी हुन्छ भदौमा उही प्रमुख हुने भएकाले प्रतिस्पर्धा अस्वस्थ बन्न पुगेको छ ।एआइजीमा बढुवाका लागि डिआइजीहरू हुतराज थापा, टेकेन्द्र कार्की, […]
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले […]