२१ चैत्र २०८२, शनिबार
04-04-2026 , Sat
×

समाचार

अक्सिजन प्लान्टमा विष्फोट, एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको छ । अहिले १० बजेतिर भएको विष्फोटमा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरले जनाएको छ । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत […]

राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ निकायमा पनि अतिरिक्त मूख्य अनुसन्धान निर्देशक (एआईजी) बढुवाको रस्साकसी सुरु भएको छ । गुप्तचर विभागमा अतिरिक्त मूख्य अनुसन्धान निर्देशकको दरबन्दी एक मात्रै छ । हालका अतिरिक्त मूख्य अनुसन्धान निर्देशक यादव रेग्मीले २ दिनपछि ९ वैशाखमा अवकाश पाउने भएपछि रिक्त पदको बढुवाका लागि ७ जना अनुसन्धान निर्देशक डीआईजीहरू सुमन वैद्य, ओम जोशी, […]

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका २ पिपलभन्ज्याङमा प्रहरी र स्थानीयबीचन झडप भएको छ । अवरुद्ध वीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोजेपछि दोहोरो झडप भएको हो ।झडपमा परी ११ जना प्रहरी घाइते भएका छन् । उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दोहोरो झडप हुँदा […]

(ABC=SANCHAR) पोखरा । अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका तनहुँ एक्लेखेतका मीनबहादुर पाइजाको मृत्यु भएको हो । पोखरा महानगरपालिका- ३२ खुदीमा दुर्घटना भएको थियो । गम्भीर घाइते उनको मनिपाल अस्पतालमा उपचार भैरहेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । ग १६ प ५१८१ नम्बरको मोटरसाइकलमा सवार […]

पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्। नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए। कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाएका हौं,’ थापाले भने, ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई […]

(ABC=SANCHAR) काठमाडौं । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । […]

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा हालै स्थापना गरिएको अनुगमन तथा मूल्याङ्कन ईकाइको बैशाख ६ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभयो । उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले केन्द्र देखि तल्लो तह सम्मका ईकाहरुबाट सम्पादित सांगठनिक कामकारवाहीहरुको नियमित रुपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यकासाथ […]

ABC (क्राईमबिट) बर्दिया । अबैध खसी बोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा, जिल्ला सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका वडा नं.३ बस्ने वर्ष २६ को राज कुमार बानिया रहेका छन । बर्दियाको गुलरिया नगरपालिका वडा नं.६ स्थित चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छली चोरी पैठारी गरी ग.३ च. ४७५७ नं. को पिकअप गाडीमा ल्याउदै […]

ABC (क्राईमबिट) दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुजन विक्रम शाहले स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू […]

काठमाडौं । नेपाल प्रहरीका एक नायब निरीक्षक(सइ) ३८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत सई रुप नारायण महतो घुससहित रंगेहात पक्राउ परेका हुन् ।उनले लेनदेनको विषयमा केस मिलाइदिन्छु भनेर घुस लिएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो । […]

error: Content is protected !!