(ABC-Sanchar) हेटौंडा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरिएको बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले हेटौंडामा बल्कर गाडी (सिमेन्ट बोक्ने गाडी) आगजनी गर्नुको साथै एक ट्रकमा पनि तोडफोड गरेका छन् । एमसीसी पारित गरेको विरोधमा विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिष्ट संगठन र दुई मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका हुन् । […]
(ABC-Sanchar) काठमाडौं । नयाँ बानेश्वरमा कुकुर बम फेला परेसंगै बम डिस्पोजल गर्ने नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ । बम फेला परेसंगै प्रहरीले आवतजावतमा रोक लगाएको छ । आज विहानै काभ्रेको बनेपास्थित पुल बजारमा नो एमसिसि लेखिएको बम जस्तो संकास्पद बस्तु फेला परेको थियो । आइतबार संसदमा एमसिसि पारित भएको विरोधमा आज विप्लब नेतृत्वको […]
(अङ्कित डिसी) दाङ । भगवती माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत २१ वर्ष देखि अध्यापन गराइरहनु भएका शिक्षक श्री अमर रोका र २ बर्ष सम्म अध्यापन गराउनु भएका शिक्षक कबिराज घर्तीलाई सम्मानका साथ बिदाइ गरिएको छ ।विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका विद्यार्थी शिक्षक तथा अभिभावकले फुलमाला तथा अविर लगाई बिदाइ […]
(ABC SANCHAR) बाँके । आइतवार दिन नागरिक अधिकार मञ्चको बैठकले समिर अलिलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको हो । मधेश मिडिया मिसन नेपाल केही महिनादेखि अवधी भाषाको विकास, मधेश र मधेशीको उत्थानको लागि अभियान नै छेडेको छ । २०७९ वैशाख ३ गते दिन मिसन नेपालले अवधी पत्रकारिता स्थापना दिवस भव्यताले मनाउने तयारीमा लागेको छ यस […]
ABC (क्राईमबिट) बाँके । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएको विरोधमा विभिन्न ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आज बन्द आह्वान गरेका छन् । यसको आशिंक प्रभाव नेपालगन्जमा पनि परेको छ । आज बिहान हिजोअस्तिको तुलनामा गाडी कम चलेका छन् । विद्यालय बन्द छन् । जिल्लाबाट छुट्ने लामोदुरीका गाडी चलेका छैनन् भने बजारमा पनि अन्य दिनको […]
(ABC-Sanchar) दाङ । नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ । एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो । बन्दका कारण दाङका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो […]
(ABC-Sanchar) काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले बन्दको आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा सामान्य परेको छ। यातायातका साधनहरु सहजरुपमा चलेका छन् । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् । कतिपय विद्यालयहरुले आज पठनपाठन हुन नसक्ने भन्दै अभिभावकलाई सूचना पठाएका छन् […]
(ABC-Sanchar) काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट […]
(ABC-Sanchar) दाङ । एमसीसी संसदबाट अनुमाेदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट […]
(ABC-Sanchar) काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले सो प्रस्तावका सम्बन्धमा पक्ष विपक्षमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । प्रतिनिधिसभाको […]