(बिकास बिसी) दैलेख । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० वर्षीया हरिकला बादी र १८ वर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए । बिहीबार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवैजनाको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरीरको पछाडिको भाग र रमेशको […]
(ABC-SANCHAR) तनहुँ । करेन्ट लागेर आज वडासदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ । नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तरकारी […]
(ABC-SANCHAR) नवलपरासी । (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । “सामुदायिक वनको […]
ABC (क्राईमबिट) धनुषा । सशस्त्र प्रहरीको गस्ती टोलीले बिहीबार अपरान्ह धनुषा छिरेश्वरनाथ नगरपालिका ५ दिगम्बरपुरका १९ वर्षीय वीरेन्द्र महतोलाई ३ लाख १ हजार नक्कली र १५२५ रुपैयाँ सक्कली नोटसहित पक्राउ गरेको हो । महतोबाट लु७८प २३९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । महतोलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको बताइएको छ ।
(ABC-SANCHAR) काठमाडौं । अवैध रूपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका-६, पालिचौर स्थायी वतन भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
ABC (क्राईमबिट) काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५८ […]
(ABC-SANCHAR) काठमाडौं । नेपाली कांग्रेस बाँकेको सभापति दौडबाट बाहिरिएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणको निर्वाचनमा सभापतिमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र रहेको बताएका छन् । केहीबर अघि प्रतिक्रिया दिँदै मन्त्री हमालले आफ्नो समूहभित्र देखिएको ‘पञ्चायती शैली’विरुद्ध लड्ने बताएका छन् । “मान्छे मर्यो भन्नु भन्दा पनि काल […]
(ABC-SANCHAR) ताप्लेजुङ । जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो । उहाँका […]
(सागर थापा) चितवन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]