(ABC-SANCHAR) काठमाडौं । झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ। राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो। कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको […]
(ABC-SANCHAR) काठमाण्डौ । महानायक राजेश हमालले काठमाडौंको मेयर हुने इच्छा जाहेर गरेका छन् । प्रसारणको तयारीमा रहेको ‘राजेश हमालसँग एकदिन’ कार्यक्रममा उनले यो इच्छा राखेका हुन् । हमालले बुधबार आफ्नै नामको युट्युब च्यानलबाट हमालसँग एक दिन नामक कार्यक्रमको ट्रेलर हालेका छन् । उक्त ट्रेलरमा हमालले मेयर हुने इच्छा जाहेर गरेको देख्न सकिन्छ । सार्वजनिक ट्रेलरमा […]
(ABC-SANCHAR) काठमाडौँ । सरकारले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरेको हो । महिना दिन अघि बढुवा भएका उपसचिवहरु हिजो मात्रै पदस्थापन भएका थिए ।
ABC (क्राईमबिट) रौतहट । मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन […]
(ABC-SANCHAR) काठमाडौं । जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँले शाहका म्यानेजर जोशीलाई तनुहँबाटै पक्राउ गरेको हो।
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षिय गणेश कुमार डाँगी रहेका छन् । प्रक्राउ परेका डाँगीले घोराही १३ निवासी ४८ वर्षिय झुका रोका घोराहीबाट पैशा लिएर घरतर्फ जादै गर्दा घर नजिकबाट ४ लाख ६७ हजार ७ सय २० रुपैँया लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्दप्रसाद रिजलाले जानकारी […]
(ABC-SANCHAR) काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रतामा नेपाल दक्षिण एशियामै अग्रणी मुलुककारुपमा स्थापित गर्न सरकार लागिपरेको छ भन्नुभयो । सञ्चारकर्मीको […]
(ABC-SANCHAR) काठमाडौं । भक्तपुरमा एक महिलाको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–२ भकुण्डेबेसी स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१० थलाछें बस्ने ४४ वर्षीय रमेश भन्ने कुमार लामा र काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका–४ चौवास स्थायी घर भई हाल भक्तपुर नगरपालिका–८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज […]
(ABC-SANCHAR) रुकुम । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् । हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् । जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक […]
(ABC-SANCHAR) काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतपत्रमा चुनाव चिह्नको रङ हरियो बनाउने जानकारी दिएको छ । आयोगले मतगणना गर्दा समस्या नआओस् भन्नका लागि हरियो रङको बनाउने पत्रकार सम्मेलन मार्फत् जनकारी दिएको हो । आज निर्वाचन आयोगद्वारा गरिएको पत्रकार सम्म्लेनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतगणना गर्न सहज होस् भन्ने उद्देश्यका साथ चुनाव […]