१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

समाचार

राप्ती नदीमा भइरहेको तारजाली तटबन्धमा ठेकेदारको चरम लापरबाही

(ABC-SANCHAR) दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर देखि गढवा गाउँपालिका ३ भुतपुर सम्मको १ हजार २ सय मिटर राप्ती नदीको उत्तर साइडमा भइरहेको तटबन्धमा ठेकेदारले ठुला ठुला ढुंगा हाल्नु पर्नेमा स साना ढुंगा हालेर काम गरेपछि स्थानीयहरूले विरोध जनाउन सुरू गरेका हुन् ।सिचाई मन्त्रालयबाट प्राप्त ६ करोड बजेटबाट प्रगन्ना बड्कापथ सिचाई आयोजना […]

ABC (क्राईमबिट) कैलाली । सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् । डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनको चिउडोमा गोली लागेको छ । उनलाई थप […]

(ABC-SANCHAR) काठमाडौं । महानगरपालिका-१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै, ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोल सेतीपाखास्थित एक बहादुर रानाको टहराभित्र तास खेलिरहेको अवस्थामा २४ […]

(ABC-SANCHAR) तनहुँ । आइतबार बिहान १० बजेदेखि लागेको आगो नियन्त्रणमा नआएपछि काठमाडौंबाट हेलिकप्टर मगाइएको थियो । अहिले हेलिकोप्टरबाट पानी खन्याएर आगो निभाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । बजार नजिकको नदीबाट पानी ओसारेर हेलिकप्टरमार्फत् आगो निभाउन थालिएको हो । उक्त हेलिकप्टरमा क्याप्टेन इन कमाण्ड सुरेन्द्र पौडेल र क्याप्टेन राजेन्द्र दुवाल छन् । गृह […]

ABC (क्राईमबिट) धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं.१९ फुलबारीका २२ वर्षिय टाइसन कुशमी चौधरी रहेका छन । उनलाई शनिबार फूलबारीबाट १८० मिलिग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

ABC (क्राईमबिट) बाँके । आफ्नै घरमा राति सुतिरहेको बेला १४ वर्षिय बालिका आफ्नै २८ वर्षिय काकाबाट बलात्कृत भएका हुन । घटना फागुन ३ गते भएको भएतापनि फागुन १२ गते मात्र इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी परेको प्रहरीले जनाएको छ । पिडित बालिका कोहलपुरमा काकाको घरमा आफ्नो हजुरबुवा हजुरआमासंगै बस्दै आएकी आफ्नै काकाबाट बलात्कृत हुन पुगेकी […]

ABC (क्राईमबिट) बाँके । नेपालगन्ज १ धम्बोजीस्थित सिटि प्यालेस होटलको कोठा नम्बर ६०६ मा तास खेलिरहेको अवस्थामा १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ९४ हजार ५ सय रुपैयाँ र ५ बुक तास सहित […]

(ABC-SANCHAR) काठमाडौं। राप्रपा नेपाल समर्थित विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको बिरोधमा राँके जुलुस प्रदर्शन गरेको छ। उक्त विद्यार्थी संगठनले शनिबार साँझ पार्टी कार्यालय धुम्बाराहीबाट निकालेको जुलुस चाबहिलको पुल पुगेर कोण सभामा परिणत भएको थियो । बढेको मूल्य तत्काल फिर्ता हुनुपर्ने, भ्रष्टाचारको अन्त्य हुनुपर्ने, हिन्दूराष्ट्र कायम हुनुपर्ने जस्ता नारा लगाउदै […]

(ABC-SANCHAR) काठमाडौँ । प्रेस काउन्सिल नेपालले नाबालिग पीडितको पहिचान खुलाउने र उल्टै पीडितलाई पीडा दिने सामाग्री प्रकाशन/प्रसारण गरेको भन्दै १० अनलाइन र १६ वटा युट्युब च्यानलमाथि कारबाही अगाडि बढाएको छ।१० वटा अनलाइन नेपालभित्र हेर्न नमिल्ने र १६ वटा युट्युब च्यानलमाथि कारबाही गर्न प्रहरीको साइवर ब्युरोमा लेखी पठाएको छ। पछिल्लो समय एक अभिनेता र एक गायिकाका […]

(ABC-SANCHAR) महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका-८स्थित बजारमा आज बिहान पाँच वटा पसलमा आगलागी हुँदा डेढ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय जगदीशप्रसाद गुप्ताको दुईतल्ले घरमा मटिहानी नपा–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको सीता किराना पसलमा आज बिहान ७ बजे विद्युत् सर्ट भई आगलागी हुँदा पसलभित्र रहेको रु २५ लाख मूल्य बराबरको मालबस्तु […]

error: Content is protected !!