(ABC-SANCHAR) काठमाडौं । अवैध रूपमा लुकाई छिपाई वाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका-६, पालिचौर स्थायी वतन भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् । सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय […]
ABC (क्राईमबिट) काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन १ हजार ६४३ जना सवारी चालकमाथि कारबाही गरेको छ । बिहीबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ६६ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ५८ […]
(ABC-SANCHAR) काठमाडौं । नेपाली कांग्रेस बाँकेको सभापति दौडबाट बाहिरिएका लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू-संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले दोस्रो चरणको निर्वाचनमा सभापतिमा कसलाई मत हाल्ने भन्ने विषयमा मतदाताहरु स्वतन्त्र रहेको बताएका छन् । केहीबर अघि प्रतिक्रिया दिँदै मन्त्री हमालले आफ्नो समूहभित्र देखिएको ‘पञ्चायती शैली’विरुद्ध लड्ने बताएका छन् । “मान्छे मर्यो भन्नु भन्दा पनि काल […]
(ABC-SANCHAR) ताप्लेजुङ । जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो । उहाँका […]
(सागर थापा) चितवन । केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ । बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो । विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले ६८ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सोही महाशाखामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १४२ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही महाशाखामा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ […]
(ABC-Sanchar) काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड बजेटको सुनिश्चिता प्राप्त भएको जानकारी दिएको छ। आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलअनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवं व्यवस्थापनका लागि आयोगलाई अर्थमन्त्रालयबाट आठ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको हो। आउँदो ३० वैशाखमा एकै चरणमा देशभर स्थानीय तहको निर्वाचनका लागि सरकारबाट आयोगलाई […]
(ABC-Sanchar) काभ्रेपलाञ्चोक । युवा तथा खेलकूदमन्त्री महेश्वर गहतराजले देशको स्वाभिमान झुक्न नदिने बताएका छन् । काभ्रेको कोसीपूर्वमा अवस्थित चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित ‘शहीद एवं बेपत्ता परिवार सम्मान एवं सालिक अनावरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)का विषयमा नेपालीको स्वाभिमान झुक्न नदिइएकोसमेत दाबी गरे । ‘एमसिसीमा नेपालीको स्वाभिमान झुक्न दिइने छैन, यदि १२ बुँदे व्याख्यात्मक […]
(ABC-Sanchar) जनकपुर । नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो विवाह कानूनीरुपमा स्वतः बदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा विवाह गराई दिने क्रम बढेको हो । बालविवाह हुने […]
ABC (क्राईमबिट) जनकपुरधाम । धनुषामा प्रहरीले आफ्नै महिला सहकर्मीसँग दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । जिल्लाको महेन्द्रअंगरस्थित इलाका प्रहरी कार्यालयमा कार्यकर्ता प्रहरी निरीक्षक (इन्सपेक्टर) बेचन यादवले महिला प्रहरीसँग यौन दुर्व्यवहार गरेको पाइएको हो । जानकी मेडिकल कलेजमा सुरक्षार्थ खटिएका महिला प्रहरीलाई इन्स्पेक्टर यादवले दुर्व्यवहार गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको छ । सार्वजनिक स्थलमै इन्सपेक्टर […]