ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने […]
(महेन्द्र सिंह) बाँके । नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरबाट बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने पर्दा बरामद भएको प्रहरीले जनाएको छ। भारतबाट भन्सार छ्ली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले आज बेलुका साढे ५ बजे बरामद गरेको इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिनुभयो । पर्दा संगै प्रहरीले १८ सय पीस स्टिलको चम्चा […]
ABC (क्राईमबिट) काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँमा बयान सकिएपछि प्रहरीले मोडल पल शाहलाई गैंडाकोटतर्फ लगेको छ। बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका शाहलाई पीडित नाबालिगको उजुरीको आधारमा प्रहरीले तनहूँबाट गैडाकोट लगेको हो। गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी […]
(ABC-Sanchar) सुर्खेत । एमसिसि सदनबाट पारित भएको विषयको बिरोधमा उत्रेका समूहले तोडफोडमा उत्रे पछि जिल्ला प्रशासन कार्यालयले हिजो सोमबार साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने जानकारी दिए । उनले भने,‘ अवस्था सामान्य भएको र कर्फ्यु अवधिमा कुनै प्रदर्शन नभएकोले अवस्था […]
(ABC-Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पशुपतिनाथको दर्शनमा पुगेका छन् । महाशिवरात्रि पर्वको अवसरमा शाह साँझ पशुपतिनाथको दर्शनमा पुगेका हुन् । उनी पशुपति पुग्दा समर्थकहरुले घेरेका थिए भने सो क्रममा राजावादीले शाहको जयजकार गर्दै नारासमेत लगाएका थिए । करिब १५ मिनेट शाह पशुपतिमा रहँदा भीड व्यवस्थापनमै प्रहरीलाई हम्मेहम्मे परेको थियो ।
(ABC-Sanchar) जुम्ला । मुगुको खत्याड गाउँपालिका ४ की २० वर्षीया धनलक्ष्मी रावलले हेलिकप्टरमै बच्चा जन्माउनुभएको छ । सुत्केरी व्यथा लागेकी गर्भवतीको नेपाली सेनाले उद्धार गरेर सुर्खेत लैजाने क्रममा रावलले हेलिकप्टरमै बच्चालाई जन्म दिनुभएको हो । आमा र शिशुलाई अहिले प्रदेश अस्पतालमा सुर्खेतमा राखिएको छ । सेना दिवसको अवसरमा याे मानवीय उद्धार नमुनाको सेवा भएको सेनाले […]
ABC (क्राईमबिट) काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचन सुरक्षाका लागि भर्ना हुने म्यादी प्रहरी कर्मचारीको कार्याअवधि घटाउने तयारी गरिएको छ । विगतमा म्यादी प्रहरीको कार्याअवधि ५५ देखि ६० दिन (दुई महिना)को हुन्थ्यो । यसपटक भने एक महिना वा ४० दिनमात्र बनाउने तयारी भएको छ । तलब सुविधा पनि सोहीअनुसार उपलब्ध हुनेछ । म्यादीलाई […]
(ABC-Sanchar) काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा.गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र […]
(ABC-Sanchar) काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गरी ५३ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई कैद तथा जरिवाना गर्ने फैसला गरेको छ । वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष रमेशकुमार खत्री तथा सदस्यद्वय निशा बानियाँ र डा.गोपिचन्द्र भट्टराईको इजलासले ५३ वटा म्यानपावर सञ्चालकलाई नक्कली कागजात बनाएर विदेश पठाएको ठहर गर्दै छ महिना कैद र […]
(ABC-Sanchar) सुर्खेत । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताविरुद्धको आन्दोलन उग्र बनेपछि लगाइएको कर्फ्युका कारण वीरेन्द्रनगर सुनसान बनेको छ। कर्फ्यु आदेश जारी भएपछि महाशिवरात्रि पर्वसम्बन्धी विभिन्न कार्यक्रम स्थगन गरिनुका साथै यहाँका शिव मन्दिर सुनसान छन्। प्रशासनले कर्फ्यु तोड्ने व्यक्तिलाई आवश्यकतानुसार सुरक्षाकर्मीले गोलीसमेत चलाउन सक्ने आदेश दिएपछि वीरेन्द्रनगर बिहानैदेखि सुनसान छ। सोमबार साँझ बन्दकर्ताले […]