१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

समाचार

जलाएको बुढानिलकण्डस्थित देउवाको घरमा केही भेटाउने आशासहित सर्वसाधारणले खरानी पन्छाउँदै खोजी

काठमाडौं । मंगलबार जेन-जी युवाहरूले गरेको प्रदर्शनपछि देउवाको घर जलेको थियो। जलेको घरको सुरक्षार्थ कोही नभएपछि सर्वसाधारण घरमा महत्वपूर्ण समान भेटिने आशमा खरानी पन्छाउँदै गरेको देखिन्छ। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् सामान्य अवस्थामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको घर पस्न नपाउने सर्वसाधारणहरु आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्यसमेत देखिएका छन्। प्रदर्शनकाक्रममा […]

दाङ । एमालेकी केन्द्रिय सदस्य तथा पुर्ब रास्ट्रिय सभा सदस्य कोमल ओलिले तुलसीपुरमा रहेको आफ्नो होटेल जलाएको घटनामा नियतवश आफ्नो पसिना, आँसु र सपना खरानी बनाइएको बताएकी छिन । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेकी छिन-`हामी बामे सर्दै थियौँ, तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो ।, मैले सधैं साथ दिएको उमेर समूह […]

दाङ । मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै पत्रकारलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । अहिले पनि कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको तथा कर्फ्यू लागिरहेको स्थिति छ । यस्तो कठिन समयमा पनि पत्रकारहरूले आफ्नो सञ्चारकर्म […]

बाँके । बर्दिया जेन-जीको आन्दोलनका क्रममा काठमाडौँ लगायत जिल्लाबाट फरार भएका कैदी प्रवेश नगरुन् भन्दै नेपाल-भारतसँग जोडिएको बर्दियाका सीमा नाका बन्द गरिएको छ। भारतीय सुरक्षा बल एसएसबीले नेपाल-भारत सीमामा कडाइ गरेको छ। सुरक्षा स्रोतका अनुसार पाकिस्तानी र बंगलादेशी कैदीबन्दी फरार भएकोले भारतमा सुरक्षा कडा पार्दे कडा निगरानी राखिएको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपाल-भारत […]

काभ्रेपलान्चोक । बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएको थापाले बताए । ‘सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन र नाबाजीसहित जेल […]

काठमाडौं । काठमाडौंमा उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय थप गरिएको छ। नेपाली सेनाले अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरू भने सञ्चालन गर्न सकिने जनाएको छ। जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गते बिहान ६ देखि ९ बजेसम्म तथा साँझ ५ देखि ७ बजेसम्म खुल्ला रहने पनि सेनाले जनाएको छ। तर स–सानो समूहमा कार्य […]

  काठमाडौं । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो । हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् […]

काठमाडौं । आगामी सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ । जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङ गरेर यस्तो जानकारी गराएका हुन् । सरकारको नेतृत्वको सन्दर्भमा असन्तुष्टि जनाउँदै जेनजीहरूले जंग्गीअड्डाबाहिर नाराबाजी गरेका थिए । ‘को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित […]

काठमाडौं । जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, […]

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्। वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्। मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए। छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन […]

error: Content is protected !!