२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

समाचार

घोराहीको समृद्धिका लागि वडा–वडामा विशेष अभियान सञ्चालन हुने,

दाङ। घोराहीको समग्र विकास, समृद्धि, सुशासन, उत्पादन, उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित घोराही बनाऔँ अभियान ले आगामी महिनादेखि वडा–वडामा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। अभियानले घोराही उपमहानगरपालिकाका सबै वडामा पुगेर स्थानीय नागरिक, टोल विकास संस्था, सामाजिक सङ्घसंस्था, किसान, व्यवसायी, युवा, महिला, शिक्षक तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता तय गर्ने जनाएको छ। […]

एजेन्सी । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हाे । मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनकाे निधन भएकाे भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्। तेलुगु, हिन्दी र तमिल फिल्मका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ […]

काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक आम्दानीको प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ३१ शंखमूल बस्ने २६ वर्षीय रिगबान शेष रहेका छन् । उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै रु ७ लाख ठगी गरेका थिए। यस्तै, कञ्चनपुरको […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

कपिलवस्तु । शिवराज नगरपालिका–९ हुलाकी राजमार्ग हुँदै शिवगढीतर्फ जाँदै गरेको एउटा मोटरसाइकलमा चालकसहित ७ जना सवार भएको दृश्य देखिएको छ। त्यसमध्ये १ जना व्यक्ति उभिएर यात्रा गरिरहेको देखिनुले दुर्घटनाको जोखिम अझ बढाएको छ। नियमविपरीत: मोटरसाइकलमा चालकबाहेक १ जना मात्र यात्रु राख्न पाइन्छ। ७ जना बोकेको कानुनी रूपमा पूर्ण रूपमा गैरकानुनी हो दुर्घटना जोखिम क्षमता भन्दा […]

दाङ । नेपालमा खाना पकाउने एलपी ग्यास दैनिक जीवनको अत्यावश्यक वस्तु हो। तर बेला–बेलामा देखिने कृत्रिम अभाव, कालोबजारी, दोहोरो खरिद, भण्डारण तथा वितरण प्रणालीको कमजोरीका कारण सर्वसाधारण नागरिकले ठूलो सास्ती भोग्दै आएका छन्। विशेष गरी चाडपर्व, प्राकृतिक विपत्ति वा आपूर्ति व्यवस्थापन कमजोर हुँदा बजारमा ग्यासको चरम अभाव सिर्जना हुन्छ। यस्तो अवस्थामा वास्तविक उपभोक्ताभन्दा बिचौलिया र […]

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार आज बिहानको मापन गर्दा देशका ठुला तथा प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बाढीको कुनै ठुलो जोखिम देखिएको छैन। […]

दाङ । देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यासको चरम अभावले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ। अत्यावश्यक उपभोग्य वस्तुका रूपमा रहेको ग्यास सहज रूपमा उपलब्ध हुन नसक्दा सर्वसाधारण घण्टौंसम्म पसल अगाडि लाइन बस्न बाध्य छन्। यसले नागरिकको समय, श्रम र सम्मानमाथि समेत असर पुर्‍याएको छ। यस्तो अवस्था लामो समयसम्म कायम रहनु सरकारको […]

दाङ । तुल्सीपुर लुम्बिनी प्रदेश प्रहरी प्रमुख *प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्री* ज्यूले *जिल्ला प्रहरी कार्यालय दाङ* मातहतको *इलाका प्रहरी कार्यालय तुलसीपुरको स्थलगत अनुगमन गर्नुभयो। अनुगमनका क्रममा दिइएका मुख्य निर्देशनहरू: अपराध नियन्त्रण*: चोरी, डकैती, ठगी लगायतका घटनामा प्रभावकारी अनुसन्धान र द्रुत कारबाही शान्ति-सुरक्षा: स्थानीय स्तरमा गस्ती बढाउने, संवेदनशील क्षेत्रमा निगरानी कडा पार्ने ट्राफिक व्यवस्थापन*: […]

काठमाडौं । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी रिहा गर्न आदेश दिएको हो । आइतबार राति घरबाटै पक्राउ गरिएका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरको अनुसन्धानका लागि भन्दै भक्तपुर सरकारी वकिल कार्यालयले माग गरेको थियो। तर सरकारी वकिल कार्यालयले सात दिन माग […]