२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

समाचार

पहिरोका कारण अवरूद्व रहेको मुग्लिङ नारायणगढ सडकखण्ड सञ्चालनमा आयो,

चितवन । नेपाल प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङमा माथिबाट पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि हाल उक्त सडकखण्डमा सवारी आवागमन पुनःसञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा सोमबार बिहानैदेखि सयौँ उपभोक्ता लाइनमा लागेका छन्। विभिन्न कम्पनीका सिलिन्डर बोकेर पालो पर्खिरहेका छन्। नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौँ उपत्यकामा ग्यासको कुनै अभाव नरहेको दाबी गरेको छ। तर खुद्रा डिलरमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर सर्वासाधारण टेकु पुगेका हुन्। नेसनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट […]

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् । एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन् । आगामी […]

एजेन्सी । भएको बताएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत एक सन्देश जारी गर्दै ट्रम्पले सो जानकारी दिएका हुन् । आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले अमेरिका इरानका विरुद्ध दोस्रो विश्वयुद्धपछिकै उच्च स्तरको सैन्य शक्ति र सामर्थ्यका साथ प्रतिकार गर्न पूर्ण रूपमा तयार रहेको उल्लेख गर्नुभयो । ‘यति हुँदाहुँदै पनि, इरान र अन्य मध्यपूर्वी देशहरूले एउटा सम्झौताको […]

चितवन । लगातारको वर्षापछि मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो झर्नुका साथै माथिबाट लेदो बग्दा सडक एकतर्फी अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरका अनुसार तुईनखोला, नाम्सीखोला, सिमलताल लगायतका क्षेत्रमा पहिरो र लेदोले सडक प्रभावित बनेको हो। सडक खुलाउने उद्देश्यले डोजरसहितका उपकरण परिचालन गरी पहिरो हटाउने काम भइरहेको छ। निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने जोखिम […]

एजेन्सी । काबुल प्रहरीका प्रवक्ता खालिद जद्रानले आइतबार बिहान सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै शनिवार राति भएको मुठभेडमा ती लुटेराहरू मारिएको पुष्टि गरेका हुन् । प्रवक्ता जद्रानकाअनुसार काबुलको प्रहरी जिल्ला ८ मा शनिवार राति करिब ९ बजे प्रहरी र सशस्त्र समूहबीच गोली हानाहान भएको थियो । प्रहरीको जवाफी कारबाहीमा सात जना संदिग्ध लुटेराको […]

दाङ । मानिसको जीवनमा केही यात्राहरू यस्ता हुन्छन्, जसले केवल व्यक्तिगत उन्नतिलाई मात्र होइन, समाजलाई पनि सकारात्मक दिशातर्फ डोर्याउने काम गर्छन्। मेरो जीवनको साहित्यिक, सामाजिक र पत्रकारिताको यात्रा पनि त्यस्तै एउटा निरन्तर संघर्ष, सिर्जना र सेवाको यात्रा हो। आज म जुन स्थानमा उभिएको छु, त्यसको जग मिलनचोक युवा क्लबले निर्माण गरिदियो भने त्यसलाई अझ बलियो […]

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६:१७ बजे दिएको जानकारी अनुसार पछिल्लो १ घण्टादेखि बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। अनि कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ। यो […]

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।