०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य,निगमलाई पाक्षिक ३ अर्ब २० करोड घाटा,

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य बढाएर पठाए पनि निगमले हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने निर्णय गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै आम उपभोक्ताको हित तथा चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरिएको जनाएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० […]

बाँके । चाडपर्वको समयमा यात्रुको सुरक्षित, मर्यादित र भरपर्दो यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट प्रहरी नायब निरीक्षक दिपकराज गिरीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो। टोलीले नेपालगञ्ज उप-महानगरपालिका वडा नं. २० राँझास्थित रत्न राजमार्गमा १७१ वटा सार्वजनिक सवारी साधन चेकजाँच गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ। त्यस्तै ट्राफिक नियम […]

काठमाडौं । दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा दुई पाइलटबीच झडप भएपछि विमान साउदी अरबमा आकस्मिक अवतरण गराइएको छ। फ्लाइट FZ1073 बोइङ ७३७ म्याक्स ८ विमान करिब ३४ हजार फिटको उचाइमा उडिरहेका बेला को-पाइलटले क्याप्टेनलाई चक्कुले आक्रमण गरेको बताइएको छ। झडपका क्रममा विमान एक मिनेटमै करिब १७ हजार फिट तल झरेको […]

दाङ । घोराही उपमहानगरपालिका–५ त्रिवेणी टोलमा स्थानीयवासीको सक्रियतामा सुरु भएको खेलमैदान निर्माण अभियानले ‘घोराही बनाऔँ अभियान’को साथ पाएपछि थप गति लिएको छ। बुट्यान, भिरालो जमिन तथा खाल्डाखुल्डी रहेको करिब २ बिघा १० कठ्ठा क्षेत्रफलको जग्गालाई सदुपयोग गर्दै स्थानीयवासीले भविष्यमा सुविधासम्पन्न खेलमैदान तथा स्टेडियम निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाएका हुन्। नजिकै जनसेवा सामुदायिक वन रहेकाले […]

दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा पर्ने राप्ती गाउँपालिका–९ देविकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षी देवी मन्दिर पुग्ने सडकको अवस्था वर्षौंदेखि दयनीय रहँदा स्थानीयवासी, शिक्षक, कर्मचारी तथा मन्दिर दर्शन गर्न जाने श्रद्धालु भक्तजनले सास्ती खेप्दै आएका छन्। देविकोटमा अवस्थित भद्राक्षी देवी मन्दिरमा सतीदेवीको बायाँ गोडा पतन भएको धार्मिक विश्वास रहँदै आएको […]

काठमाडौं । नेपाल प्रहरीको नियमित सरुवा रोकिएको छ। विभिन्न जिल्लाका प्रहरी इन्चार्जहरुको एक वर्ष अवधि पुगेपनि अझै सरुवा हुन सकेको छैन । गत वर्ष भदौको अन्तिममा विभिन्न जिल्लाका प्रमुखहरुको सरुवा भएको थियो। उनीहरु सरुवाको पर्खाईमा छन्। तर, प्रहरी नेतृत्व र गृह मन्त्रालयबिच कुरा नमिल्दा सरुवा हुन सकेको छैन । स्रोतका अनुसार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले […]

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा गएको भदौ १० गते आएको बाढीको कारण आज पनि रसुवा, नुवाकोट र धादिङका विभिन्न राजमार्ग अवरुद्धै अवस्थामा छन्। रसुवाका सबै मुख्य राजमार्ग अहिलेसम्म पनि गाडी चल्न नसकेका प्रहरीले जनाएको छ। त्यसैगरी आज ललितपुरमा कान्तिलोकपथ, मनाङमा बेनी–जोमसोम सडक र बेनी-दरबाङ सडक, मुस्ताङमा जोमसोम-कोरला सडक पूर्णरूपमा अवरुद्ध छ। त्यसैगरी पर्वतमा मालढुंगा-बेनी, मध्यपहाडी लोकमार्ग, […]

दाङ । आफ्नो जन्मदिनको अवसर पारेर दाङ घोराही निबासी राष्ट्रिय अनलाईन पत्रकार संघका कार्यबाहक अध्यक्ष एवं एबिसी संचारका प्रधान सम्पादक इशाई अवाजका कार्यकारी सम्पादक एवं सिधा पत्रका क्राइमबिट ब्युरो प्रमुख पत्रकार सागर थापाले रक्तदान गर्नु भएको छ । उहाँले रक्तदान नै जिबन दान हो भन्ने मान्यताका साथ आफ्नो रगतले अरुको जिविन बचोस भन्दै आफुले आफ्नो […]

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]