२२ भाद्र २०८३, सोमबार
07-09-2026 , Mon
×

समाचार

शिक्षालाई उत्पादन, समृद्धि एवं सृजनशीलतासँग जोड्ने घोराही बनाऔँ अभियानमा मेरो पनि साथ कमल ओली

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १७, दाङ शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने माध्यम होइन, जीवनलाई सक्षम बनाउने, सीप विकास गर्ने, उत्पादनसँग जोडिने र समाजलाई परिवर्तन गर्ने महत्वपूर्ण आधार हो। आजको बदलिँदो समयमा विद्यालय र कलेजबाट प्राप्त ज्ञानलाई व्यवहार, रोजगारी, उद्यमशीलता र उत्पादनसँग जोड्न सकिएन भने शिक्षित जनशक्ति भएर पनि बेरोजगारी र परनिर्भरता बढिरहने अवस्था […]

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

सिन्धुली । पत्रकारको परिचयपत्र बोकेर हिड्ने सिरहाका लक्ष्मीपुर घर भएका २६ वर्षीय उमेश कुमार यादव ला”गुऔषध कारोबारमा संलग्न रहेको खुलेको छ । उमेशसहित ३ जनालाई प्रहरीले पक्राउ गरेका हुन् । प्रहरीका अनुसार उमेशसंगै पक्राउ पर्नेमा लहान नगरपालिका-१० घर भएका ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका-२ का २५ वर्षीय गुल्सन प्रसाद साह छन् । […]

दाङ । तुलसीपुर क्षेत्रमा भिक्षा मागेर कारमा घुम्ने बाबाहरूलाई प्रहरीले पक्राउ गरेर नेपालगन्ज हुदै भारत फर्कने सर्तमा रिहा गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले उनीहरूको आधार कार्डको प्रतिलिपि राखेर नेपालगन्ज हुँदै भारत फर्कने सर्त सहित छाडेको हो । उनीहरू तुलसीपुर बजार क्षेत्रका पसलहरुमा भिक्षा माग्दै भारतीय नम्बर प्लेट भएको कारमा घुमिरहेका थिए ।

रौतहट । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक १२ हजार लिटर पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी भएको छ। आज बिहान करिब ५:३० बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्यांकरमा अकस्मात् पल्टिएपछि आगो लागेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार […]