दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।
बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]
दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]
दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको नेतृत्वमा जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले नवनिर्मित पुलको उद्घाटन समारोहकै अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोही स्थानको स्थलगत अनुगमन गर्नुभएको छ। अपुरो रहेको खानेपानीको काम शीघ्र सञ्चालन गर्न मुख्यमन्त्री आचार्यले सोही स्थानबाटै सम्बन्धित निकायलाई फोन गरी तत्काल पहल र समन्वय गर्न निर्देशन दिनुभएको […]
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका सई र असईसहित ९ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । सूचनाअनुसार सई शुक्रबहादुर महतो, असई खर्ग […]
चितवन । नारायणी नदीको पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीको बहाव घटेपछि क्रेनको सहायताले क्रुज निकाल्न थालिएको हो। हिजो बाढीले बगाएर ल्याएको क्रुज नारायणी पुलमा अड्किएको थियो।
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट पेट्रोल पम्प नजिक बाइक र अटो ठोक्किएका छन्। दुर्घटनामा बाइकमा सवार दुईजना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि भालुवाङ स्वास्थ्य चौकी पठाइएको छ। थप विवरण आउन बाँकी छ।
चितवन । नारायणीको बाढीले नदी किनारमा बाँधेर राखिएको क्रुजसिप बगाएको छ। बगेर आएको घरजत्रो क्रुजसिप नारायणी पुलको गैंडाकोटतर्फको भागमा अड्किएको छ। क्रुजसिप पुलमुनि अड्किँदा पुल थप जोखिममा परेको छ।
पाल्पा । अविरल वर्षासँगै कालीगण्डकी नदीको बहाव बढेपछि पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल क्षेत्र डुबानमा परेको छ । नदीको सतह बढ्दा रानीमहल दरबारसहित आसपासका आधा दर्जन होटल, रिसोर्ट तथा पसल प्रभावित भएका छन् । स्थानीयका अनुसार हरेक वर्ष बाढी र नदी कटानले रानीमहल जोखिममा पर्दै आएको छ । दरबारको जगसमेत नदी कटान र पहिरोका कारण […]
दाङ । भालुवाङ अर्घाखाँचीको शितगंगा नगरपालिका-८ सातमारामा ईभी गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन्। गाडीमा च्यापिएका चालकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ। घाइते चालकको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।