(ABC-Sanchar) काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही साताभित्र स्थानीय तहको चुनावको मिति घोषण हुने बताएका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह चुनावको मिति तय गर्ने बताएका हुन् । समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने […]
(ABC-Sanchar) काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए […]
(सागर थापा) दाङ । लुम्बिनी प्रदेश प्रहरी नायब महानिरीक्षक डिआईजि प्रकाश अधिकारी विहान उठ्छन् मर्निङवाकसंगै उनले बिभिन्न ठाउँको अवलोकन छ्ड्के अनुगमन पनि गर्छन् । भर्खरै मात्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा सरुवा भएर आउनु भएका डिआइजी अधिकारी मर्निङवाकबाट फर्किसकेपछि उनी सरसफाई गर्छन् । त्यसपछि मात्र चिया नास्ता खान्छन् । देशको शान्ति सुरक्षा कायम गर्ने […]
ABC (क्राईमबिट) काठमाडौं । संयुक्त राष्ट्रसङ्घले द्वन्द्वरत मुलुक सेन्ट्रल अफ्रिकन कारमा शान्ति स्थापनाका लागि तैनाथ जबरजङ्ग गण तेस्रो डफ्फाले जिम्मेवारी क्षेत्र गरेको सहासिक कामको सराहना गरेको छ। गत मङ्सिर २७ देखि ९ देखि हालसम्म सञ्चालन भइरहेको गस्ती खोजी कार्यमा हतियारधारी समूहलाई नेपाली सैनिकले आफ्नो कार्यक्षेत्रबाट हटाउन सफल भएकोमा उक्त कार्यको सराहना गर्दै राष्ट्रङ्घका तर्फबाट प्रशंसापत्र […]
ABC (क्राईमबिट) बिर्तामोड । भन्सार छली भित्र्याइएको ६ सय ४० केजी माछा प्रहरीले नष्ट गरेको छ । भारतबाट अवैध रुपमा भित्र्याइएको १६ कार्टुन माछा प्रहरीले आइतबार बिहान ८ बजे गौरादह नगरपालिका ३ सहिद गेटबाट नियन्त्रणमा लिएको थियो । मे १ च ३६३२ नम्बरको म्याजिक भ्यानमा ल्याउँदै गरेको अवस्थामा भ्यानसहित माछा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका […]
ABC (क्राईमबिट) चितवन । भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको छ। रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै […]
(ABC-Sanchar) वीरगंज । स्थित हरिखेतान कलेजमा ७ सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाउन गएका नेविसंघका विद्यार्थी ज्ञापनपत्र बुझ्न नमाने पछी विद्यार्थी नेताहरुले प्रदर्शन गरेका हुन् । वीरगंजमा बिश्वविद्यालय निर्माणको नाममा भएको भ्रष्टचारलाई समेटेर तयार पारिएको ज्ञापनपत्र बुझाउन जादा डा.यादवले बुझ्न अस्विकार गरेपछि हो हल्ला गरेको उनीहरुले बताएका छन । कलेज प्रमुखले ज्ञापन पत्र बुझ्न नमाने […]
(महेन्द्र सिंह) बाँके । भारतबाट फर्केका यात्रुको कोरोना जाँचमा जमुनाहा हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका १७ जना स्वास्थ्यकर्मीमा ९ जना संक्रमित भएका छन् । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन थालेको छ । नाकाको […]
(ABC-Sanchar) काठमाडौं । तराईका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक […]
(ABC-Sanchar) काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।