१८ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपति भण्डारीले गरिन माल्यार्पण

(ABC-Sanchar) काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन् ।

(ABC-Sanchar) काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार पुगेका छन् । उनले सिंहदरबारको मुल गेट अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवि भण्डरी पनि माल्यार्पण गर्न त्यहाँ पुगेकी थिइन् । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम […]

ABC (क्राईमबिट) दाङ । लमही नगरपालिका-५ लमही बजार बस्ने ३५ वर्षीय सतिश गुप्ताको कपडा गोदाम घरमा सोमबार दिउँसो आगलागी हुँदा गोदामभित्र रहेको लत्ताकपडाहरु जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो । प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

(महेन्द्र सिंह) बाँके । मान्छे मार्ने बाघलाई नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारी पुगेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिएका छन । बाघको आक्रमणबाट बाँकेमा तीन महिना भित्रमा ४ जनाको ज्यान गइसकेको छ । बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ […]

ABC (क्राईमबिट) दाङ ।घोराही दाङमा पाँच तोला सुनका गरगहनासहित नगद चोरी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन्। राप्ती गाउँपालिका–१ निवासी गंगादेवी क्षेत्रीको घरबाट शनिबार राती पाँच तोला सुनका गरगहनासहित ३९ हजार नगद चोरी गरेर फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले सुनको […]

(ABC-Sanchar) वीरगंज । नेपाल निजामती कर्मचारी युनियन पर्सा को सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति पर्साको पौष १९ गते सम्पन्न आठौ जिल्ला अधिवेशन बाट निर्बिरोध निर्बाचित भएका पधाधिकारी निर्वाचितहरु लाइ एक कार्यक्रमका बिच सपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ। सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेसका […]

ABC (क्राईमबिट) बाँके । कोभिड बढेपछि बाँकेमा सक्रिय बन्यो डिसीसीएमसी, यस्ता छन् निर्णय नेपालगञ्ज । कोभिड फेरि बढ्न थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँके (डिसीसीएमसी) ले पूर्व तयारी स्वरुप सक्रियता बढाएको छ । डिसीसीएमसीले नेपालगञ्ज उपमहानगरपालिकाको बाल मन्दिरमा संचालित आइसोलेसनलाई संस्थागत आइसोलेसनका रुपमा संचालनमा ल्याउन नेपालगञ्ज उपमहानगरपालिकालाई अनुरोध ग र्ने निर्णयगरेको छ । जमुनाहा […]

(महेन्द्र सिंह) बाँके । पाटे बाघले दिनहुँ जसो आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमण प्रयास गरेको जनाइएको छ । राप्तीसोनारी –६ फत्तेपुर निवासी लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए […]

(ABC-Sanchar) काठमाडौं । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । भोलिदेखि नै लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको जानकारी उनले दिइन् । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी […]

(ABC-Sanchar) बाँके । जमुनाहा नाकामा आइतबार ७८० जनाको एन्टिजिनबाट कोेरोना परीक्षण गर्दा ४१ जनामा कोरोना पुष्टि भएको जमुनाहा हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए । त्यसैगरी जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार गत २४ घण्टामा बाँके जिल्लाका तीन वटा प्रयोगशालामा १३३ जनाको नमूना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण […]

error: Content is protected !!