०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

कपिलवस्तुमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका बारे अन्तर्क्रिया

(सुरेशकुमार पाण्डे) कपिलवस्तु । कृष्णनगर नगरपालिकामा अवस्थित मुस्लिम कमिटीको हलमा मदरसा शिक्षा व्यवस्थापनमा राज्यको भूमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री माननीय सुदर्शन बराल रहनु भयो । विशिष्ट अतिथिमा पूर्व मंत्री इश्वर दयाल मिश्र, नेकपा केन्द्रीय सदस्य सिराज फारूकी, प्रदेश सांसद अर्जुन केसी, विजयनगर गांउपालिका अध्यक्ष गोपाल […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरेको छ । त्यस्तै महानगरीय प्रहरी कार्यालय, रानीपोखरी (मेट्रो) को जिम्मेवारी भने एआईजी हरिबहादुर पालले पाएका छन् […]

ABC (क्राईमबिट) काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गत मंसिर १५ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले डीआईजी पोखरेललाई एआईजीमा बढुवाका लागी सिफारिस गरेको थियो […]

(ABC Sanchar) काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बिहीबारदेखि सर्वसाधारणका लागि खुल्ने भएको छ । कोरोना भाइरस महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेको चिडियाखाना आठ महिनापछि खुल्न लागेको हो । “नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै चिडियाखाना खोल्न लागेका हौँ,” चिडियाखानाका प्रमुख चिरञ्जीवीप्रसाद पोखरेलले भन्नुभयो । चिडियाखाना भ्रमणमा आउँदा मास्क अनिवार्य […]

ABC (क्राईमबिट) लहान । अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट आज एक जनाको रु चार लाख रकम लुटेर लगेको छ। लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेका हुन्। […]

ABC (क्राईमबिट) काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा एकैपटक पाँचवटा पसलमा चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका-४ खनाल चोकका पाँच पसलमा चोरी भएको छ । खनाल चोकस्थित ट्रष्टले बनाएको घरको दोस्रो तलामा रहेका ५ वटा पसलका सटर तोडेर करिब २ लाख ७२ हजार २ सय ७० रुपैयाँ बराबरको धनमाल मंगलबार […]

(महेन्द्र सिंह) बाँके । सेवा लिन आउने सेवाग्राहीलाई दुःख नहोस भनेर जिल्लामै पहिलो पटक कुनै सरकारी कार्यालयले सोंचेको देखिएको छ । देशमै रहेका अधिकांश सरकारी कार्यालय पुग्ने सर्वसाधारणले सेवा लिने क्रममा अनेकन सास्तीहरुको सामाना गरिरहनु परेको छ । तर ती सास्तीलाई कसरी समाधान गर्न सकिन्छ भनेर सोच्ने कार्यालय बिरलै पाइन्छन् । त्यही सेवाग्राहीको हितमा रहेर […]

(सागर थापा) घाेराही । राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकार भ्रष्टाचारको आहालमा चुर्लुम्मै डुबेको आरोप लगाएका छन् । बुधबार दाङको घोराहीमा राजमोले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष नेपालीले सरकार भ्रष्टाचारीहरुको संरक्षण बनेको बताए । राजतन्त्रको अन्त्य भए पछि जनताले सुसाशन होला भन्ने आशा गरेर बर्तमान सरकारलाई बहुमत दिएको बताउँदै सरकारले जनताको […]

(ABC Sanchar) दाङ । नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक मणिकलाल गौतमको बुधबार नै दाहसंस्कार गरिएको छ । घोराहीको रझेना स्थित शंखे पिपल घाटमा अन्त्येष्टि गरिएको हो । त्यस अवसरमा श्रद्धाञ्जली मन्तब्य ब्यक्त गर्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएको कठीन अबस्थामा पनि पार्टीप्रति प्रतिबद्ध भएर […]

ABC (क्राईमबिट) काठमाडौं । राजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका गतिविधि नियन्त्रणबारे समिक्षा गर्न सुरक्षा परिषदको बैठक बसेको छ। बुधबार गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरुको सहभागितामा गृहमन्त्रि रामबहादुर थापाको अध्यक्षतामा बैठक बसेको छ। बैठकमा चार वटै सुरक्षा निकायका अधिकारीहरु सहभागी रहेको बताइएको छ। स्रोतका अनुसार बैठकमा विद्रोही नेकपा र राजावादीहरु राष्ट्रिय सुरक्षाका प्रमुख चुनौति बन्दै गइरहेकोले […]

error: Content is protected !!