०३ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

समाचार

सिमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान बीच झडप

ABC (क्राईमबिट) राजविराज । सप्तरीको तिलाठीमा सिमा सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानबीच झडप भएको छ। बुधबार दिउसो नेपाल–भारत सीमा नाका दुवै सुरक्षा निकायबीच झडप भएको बताइएको छ। भारतबाट नेपाल आइरहेकाहरुलाई चेक गर्ने क्रममा दुवै सुरक्षा निकायका जवानबीच भएको विवाद गालीगलौज हुँदै हात हालाहाल सम्म पुगेको ती प्रत्यक्षदर्शीले बताएका छन्। सदरमुकाम राजविराजबाट सादा […]

(राकेश श्रेष्ठ) चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म विभिन्न चोरीशिकारका गतिविधिमा संलग्न भएको आशङ्कामा २४९ जनालाई पक्राउ गरेको छ । उनीहरुमध्ये तीन जना कारागार चलान भएका छन् भने अन्य कतिपयलाई मुद्दा चलाइएको छ । कतिपय ठाडो जरिवाना गरेर छाडिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा बढी १२३ जना माछा […]

(ABC Sanchar) काठमाडौँ। देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ । केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (मन्त्रिस्तरीय निर्णयमार्फत) ७७ वटै जिल्लामा रहेका हुलाक कार्यालय र हुलाक निर्देशनालयबाट […]

ABC (क्राईमबिट) काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। बुधबार बसेको राज्य व्यवस्था समितिले गृहमन्त्री रामबहादुर थापा बादललाई बोलाएर एआइजीको दरबन्दी थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको हो। मन्त्रिपरिषद्ले ३ मंसिरमा एआईजीको एक दरबन्दी थप्ने निर्णय गरेको थियो।

(विवेक गाहा) बिराटनगर । झापा र मोरङ जिल्लाको सिमानाँका एरियाबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका करिब ३ लाख मुल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा मंगलबार राति ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले भारतिय बजार पानीटंकीबाट खरिद गरी भन्सार छली गरेर ल्याएको १ लाख ४ हजार मुल्य बराबरको […]

(सागर थापा) दाङ । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दश वटा बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । जिल्लामा अनुगमन गर्दा बालुवा प्रशोधनको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दाङले अनुगमन पश्चात प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले मापदण्ड विपरितका सञ्चालनमा रहेका उद्योगलाई १५ दिन भित्र बन्द गर्न निर्देशन दिनुभएको […]

(विवेक गाहा) मोरङ । बिराटनगर महानगरपालिका-४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने एक जना जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका-१ का १८ बर्षीय बिल्साद आलम रहेका छन् । आलमले, हरिनगरा-१ का २६ बर्षीय अवताव आलमको ठाउँमा परीक्षा दिईरहेको […]

ABC (क्राईमबिट) बुटवल। रुपन्देही प्रहरीले जिल्लाको देवदह र लुम्बिनीबाट दुई ट्रक गोरु र सातजना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुई स्थानबाट ५५ वटा गोरु नियन्त्रणमा लिएको हो । देवदह नगरपालिका–११ शंकरपुरबाट ना.६ ख.३८६१ नम्बरको ट्रकमा अवैधरुपमा भारततर्फ लैजाँदै गरेको २७ गोटा गोरु, ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा चालक मकवानपुर […]

ABC (क्राईमबिट) काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै नगद ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ बुद्धचोक घर भएका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जी रहेका छन् । उनले १ जना महिलालाई सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरी […]

ABC (क्राईमबिट) दाङ । तुलसीपुरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रहरीले सचेतना फैलाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय तुलसीपुरले सवारी साधनमा सचेतनामुलक स्टिकर टाँसेका छन् । तुलसीपुर बसपार्कमा रहेका सबै सवारी साधनमा त्यस्ता स्टिकर टाँस गरिएको प्रहरी बरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो । जसमा तीन सय […]

error: Content is protected !!