(विवेक गाहा) झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मङ्गलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने […]
(सागर थापा) घोराही उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख पक्राउ परेका छन्। उनलाई प्रहरीले गए राति पक्राउ गरेको हो। पसलमा ढुंगा हानेको आरोपमा प्रहरीले नगर प्रहरी प्रमुख रूद्रप्रसाद पन्थीलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी पसलमा ढुंगा हानेपछि पन्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताउनुभयो। पन्थीले बेलुकी १० बजेतिर घोराही […]
(बिदुर एमसी) दाङ । इप्रका भालुवाङले लैंगिक हिंसा विरुद्धको १६ दिने सचेतना मुलक अभियान कार्यक्रम । गन्धर्वहरुले प्रहरी कार्यालयहरुसँग सहकार्य गरी सचेतनामुलक गीत गाउँदै अभियान चलाएका छन् । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहेका बेला ती गन्धर्वहरुले लैंगिक हिंसा विरुद्धको सचेतना मुलक गीत गाएर अभियान सुरु गरेका हुन् । शुक्रवार इलाका प्रहरी कार्यालय भालुवाङको […]
ABC (क्राईमबिट) बाग्लुङ । गलकोट नगरपालिका-४ खरुवा पाखापानीस्थित झाडीमा लुकाई राखेको ४ थान एकनाले भरुवा बन्दुक बिहीबार प्रहरीले बरामद गरेको छ । अबैध घरेलु हतियारहरू लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो । बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले […]
ABC (क्राईमबिट) उदयपुर । भरुवा बन्दुक पड्किएर एक वन रक्षकको बुधबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी दुहवी घर भएका ४६ वर्षीय लेखनाथ वाँस्तोला रहेका छन् । उक्त कार्यालयबाट गस्ती गर्ने क्रममा सोही नगरपालिकास्थित बुलबुल सामुदायिक बनमा भरुवा बन्दुक सहित मानिसहरु भेटी लखेट्ने क्रममा भरुवा बन्दुक फाली मानिसहरु फरार भएपश्चात बन्दुक नियन्त्रणमा लिई […]
(महेन्द्र सिंह) बाँके । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले बाँकेको कोहलपुर नगरपालिका-२ बर्दवामा स्थापना भएको नेपाल एपीएफ स्कुल कोहलपुर बाँकेको बिहिबार उद्घाटन गरेका छन् । त्यसअवसरमा उनले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने चर्चा गर्दै प्रदेश स्तरमा विद्यालय विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी […]
ABC (क्राईमबिट) गोरखा । आफ्नै बुबा ७० वर्षीय तुलाराम ढकालको हत्या गरेको अभियोगमा सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाललाई प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई […]
(ABC Sanchar) काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो । तर, अनलाइन […]
ABC Sanchar काठमाडौं । संयुक्त राष्ट्रसंघीय आयोगले गाँजालाई सबैभन्दा बढी जोखिमपूर्ण लागुऔषधको सूचीबाट हटाएको छ। राष्ट्रसंघको पछिल्लो बैठकले गाँजा र गाँजाबाट बन्ने वस्तुलाई पुनःभाषित गरेको हो। अत्यन्त प्राणघातक लागू औषधको वर्गीकरणमा रहेको गाँजालाई उक्त सूचीबाट हटाउँदै औषधिजन्य प्रयोजन र रोगको उपचारमा प्रयोग गर्न आवश्यक नियमन गर्न सम्बन्धित देशहरुका लागि बाटो खुला गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका […]
(सागर थापा) दाङ । ५. नम्बर प्रदेशमा ८ सय २३ घरेलु हिंसा भएका छन् । ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले विहीबार पत्रकार सम्मेलन गरेर १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो बर्ष विगतका बर्षहरुभन्दा हिंसाका घटनाहरुमा कमी आएको ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका बरिष्ठ प्रहरी उपरीक्षक […]