(महेन्द्र सिंह) बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबद्ध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेकोछ । जिल्ला अदालत बाँकेले २०७७ बैशाख ४ गते गरेको फैसलाले गौबद्ध मुद्दामा सजाय फैसला भई फरार रहेका प्रतिवादी चार जनालाई पक्राउ गरेको हो । खजुरा गाउँपालिका वडा नम्बर ७ बस्ने बर्षाती खाँ, सरिफ खाँ, सलमान खाँ र अनिस खाँलाई प्रहरीले पक्राउ […]
ABC (क्राईमबिट) काठमाडौं । प्रचलित कानुन विपरीत हुने अश्लील भिडियोहरु लगायतका सामग्री बनाउने र प्रसारण गर्ने गरेको सम्बन्धमा सचेत एवं संवेदनशील हुन साइबर ब्यूरोले अनुरोध गरेको छ । पछिल्लो समयमा ईन्टरनेट तथा विद्युतीय उपरकरणको दुरुपयोग गरी सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र टिकटकमा अशोभनिय, अमर्यादित, दुराचारयुक्त, यौनजन्य तथा अश्लील तस्बीर, श्रव्यदृष्य प्रसारण गरी विद्युतीय कारोबार ऐन, […]
ABC (क्राईमबिट) काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-२ पानीपालबाट सोही ठाउँ बस्ने ४६ वर्षीया पैदलयात्री महिलाको करिब १ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको घाँटीमा लगाएको साढे १ तोलाको सुनको सिक्री लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले उनको सिक्री लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको […]
ABC (क्राईमबिट) काठमाडौं । एसपीद्वय विमल बस्नेत र रामेश्वर यादवमाथि छानबिन सकाएर कारबाही अघि बढाइएको हो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरूले अनियमितता गरेका छन् । आफूमातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि कारबाही गर्न लागिएको उच्च प्रहरी स्रोत बताउँछ । एसपी यादव चार महिनाअघिसम्म प्रदेश ट्राफिक कार्यालय सुर्खेतमा थिए । […]
(ABC Sanchar) काठमाडौँ। कोभिड १९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो । मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने राससलाई जानकारी दिनुभयो । […]
ABC (क्राईमबिट) काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले हिउँदको समयमा आउने विपद् (शीतलहर, हिमपात) बाट हुने जोखिम रोक्न आवश्यक पूर्वतयारी र प्रतिकार्य योजनाका साथ समन्वयात्मक रुपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको नवौँ बैठकमा गृहमन्त्री थापाले सरकारको प्रमुख लक्ष्य भनेकै जाडोको समयमा हिमपात तथा शीतलहरका […]
ABC (क्राईमबिट) काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंकाे प्रमुखको जिम्मेवारी सम्हालेका एसएसपी अशोक सिंह गुन्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन्। परिसरको नेतृत्व सम्हालेपछि काम देखाउन र चर्चा कमाउनका लागि प्रमुखहरुले गुण्डागर्दी नियन्त्रणमा नचुक्ने बताउने गर्दछन् । सोही शैली अपनाउँदै एसएसपी सिंहले गुन्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनलाई खानतलासी गर्न लगाएका छन् । दरबारमार्गमा भिटारा […]
(ABC Sanchar) काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा,जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । प्रशासनले आज विज्ञप्ति निकालेर कोरोनाभाइरस महामारी अझै रहेकोले भिडभाडजन्य गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र […]
(ABC Sanchar) धनगढी । डडेल्धुरामा निर्वाचित भएका एक वडा अध्यक्षले राजीनामा दिएका छन्। आलिताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष पुर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन। बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले बताए। उनले आफु बाहिर भएकाले राजीनामा पत्र हेर्न भने नपाएको […]
(ABC Sanchar) काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठकबारे समाचार संकलन गर्न गएका पत्रकारलाई बैठकस्थल (प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार) प्रवेशमा रोक लगाइएको छ । सुरक्षाको कारण देखाउँदै प्रवेशद्वारमा तैनाथ सुरक्षाकर्मीहरुले पत्रकारहरुलाई भित्र प्रवेश गर्न नदिएका हुन् । समाचार संकलनका लागि बैठकस्थल नजिक जान नदिएपछि पत्रकारहरुले विरोध जनाएका छन् । बालुवाटार भित्र छिर्न […]