०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

समाचार

जिल्ला प्रहरी कार्यालय अछामबाट Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न,

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।

एजेन्सी । भारतमा गंगा नदीको निरन्तर कटानका कारण एक ऐतिहासिक मन्दिर नदीमा डुबेको छ। हालै बिहारको भागलपुर स्थित करिब १०० वर्ष पुरानो चैती दुर्गा मन्दिर केही सेकेन्डमै गंगामा बगेको भिडियो सार्वजनिक भएको थियो भने पश्चिम बंगालमा पनि गंगाको कटानले मन्दिर भासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीयका अनुसार १७५ वर्ष पुरानो उक्त शिव मन्दिर धार्मिक आस्थाको […]

दाङ । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्। स्वर्गीय गणेशप्रसाद रोका मगरका छोराहरू पृथ्वीप्रसाद रोका मगर, नारायणप्रसाद रोका मगर, गुप्ताप्रसाद रोका मगर, कैलास रोका मगर, अशोक रोका मगर र ओमप्रकाश रोका मगरले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका […]

दाङ । ११२ औं बीपी जन्म जयन्तीको अवसरमा घोराही-१५ स्थित बिपी चोकमा महामानव बीपी कोइरालाको शालिक पुनः अनावरण गरिएको छ। नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सह-महामन्त्री योगेन्द्र चौधरी र लुम्बिनी प्रदेश सभापति अमर पुनको विशेष उपस्थिति रहेको थियो।

दाङ । नेपालजस्तो कृषि प्रधान देशमा आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार कृषि नै हो। तर विडम्बना, हाम्रो देशमा कृषिलाई अझै पनि परम्परागत पेशाका रूपमा मात्र हेर्ने प्रवृत्ति कायम छ। उत्पादन, प्रशोधन, बजार र उद्यमशीलतासँग जोडेर कृषिलाई आर्थिक विकासको मुख्य आधार बनाउन सकेको खण्डमा नेपालमा रोजगारी सिर्जना, आय वृद्धि र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने काम […]

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]

एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्। घटना राज्यको सागर जिल्लाको बाँदा क्षेत्रमा भएको हो। सरकारी अधिकारीका अनुसार अस्पताल भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ। मृतक तथा बिरामीहरू आसपासका विभिन्न गाउँका बासिन्दा हुन्। उनीहरूमा बान्ता […]