०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

समाचार

जाजरकोट दरबार पछिल्लो समयमा जिर्ण बन्दै

जाजरकोट । ऐतिहासिक जाजरकोट दरबारको पछिल्लो अवस्था निकै जीर्ण बनेको छ। भूकम्पले थलिएको यो दरबार मर्मतको पर्खाइमा छ। कुनै बेला जाजरकोटे राजाको शान रहेको यो दरबार आज भग्नावशेषमा परिणत हुँदै गएको छ। सरोकारवाला निकायको ध्यान कहिले जाने ?

दाङ । घोराही पाँच वर्षीय विशेष अभियान लिएर नेपालको सबै पालिका पैदल यात्रामार्फत पुग्ने लक्ष्यसहित यात्रामा निस्किएका मदन केसी महानलाई घोराहीमा विशेष स्वागत गरिएको छ। देशका विभिन्न पालिकामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय समस्या, सम्भावना र आवश्यकतालाई नजिकबाट बुझ्ने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यसहित पैदल यात्रामा निस्किएका महान घोराही आइपुगेका हुन्। उहाँलाई घोराही […]

दाङ । भालुवाङ पुल्चोकस्थित सेवा प्रदायक संस्था लालमटिया स्वास्थ्य चौकी भवनबाट औपचारिक सेवा शुभारम्भका लागि शनिबार बिहानैदेखि सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय नयाँबजार टोल विकास संस्थाले आयोजना गरेको सरसफाइ कार्यक्रममा टोलका सम्पूर्ण बासिन्दाहरुको उत्साहजनक रूपमा सहभागिता रहेकोे थियो । टोल विकास संस्थाकि अध्यक्ष भूमि गुरुङका अनुसार यही आगामी असोज महिनाको पहिलो दिनदेखि औपचारिक […]

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]

सुर्खेत । सल्यानको पाँच जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्स्पेक्टर वीरेन्द्रराज गुरुङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान […]

चितवन । भरतपुरमा विद्युतीय कार (ईभी) मा एक्कासी आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित भित्री सडकमा रोकिराखेको अवस्थामा रहेको बा.प्र.०१-०३१ च …. नम्बरको ईभी कारमा आज दिउँसो अचानक आगलागी भएको थियो। आगलागीमा परी कारभित्र रहेका भरतपुर-११ बस्ने अन्दाजी ३५ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको […]

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक एसपी अंकुर जि.सी.ले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँहरुले सेवा प्रवाह, सुरक्षा व्यवस्था र समग्र कार्यसम्पादनको बारेमा जानकारी लिनुभएको थियो।

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]