२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

भदौ २४ गतेको जेनजी आन्दोलनमा नेपालगन्ज भन्सारमा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ नोक्सान

बाँके । नेपालगन्ज भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा नेपालगन्ज भन्सार कार्यालयमा तोडफोड र आगजनी हुँदा ६ करोड १६ लाख ५२ हजार ८०८ रुपैयाँ बराबरको नोक्सान भएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार चिफ जनार्दन पौडेलले बताएका छन । नोक्सानको विवरणमा के-के परे होलान् भवन र फर्निचर कार्यालयको संरचना,कम्प्युटर कागजात सवारी साधन भन्सार र राजस्वका […]

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी भन्दै नक्कली रिभल्भर देखाएर सर्वसाधारणसँग रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ घर भई हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा बस्दै आएका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । सिद्धार्थनगर–१३ शान्तिनगर र भैरहवा बजार क्षेत्रमा पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष ८२–८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ सवारी साधनमाथि कारबाही गरेको छ । त्यसबाट एक करोड ९५ लाख ७९ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले गत आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने […]

बाँके । सीमाको रुपैडिहा बजार अहिले साँच्चै सुनसान भएको छ। पहिले भारत-नेपाल दुवैतर्फका ग्राहकले भरिभराउ हुने बजारमा अहिले ग्राहक नपाएर पसल बन्द गर्ने अवस्थामा व्यापारी पुगेका छन् । सिमाना कडाइ हुँदा दुवै देशको सुरक्षा र चेकजाँच कडा हुँदा सर्वसाधारणको आवतजावत घट्यो स्थानीय ग्राहक पनि अब अनलाइनबाट सामान किन्न थालेका छन् । चाडपर्व नजिकिँदै गर्दा पनि […]

दाङ । लमही अस्थायी ट्राफिक प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक मधु थापाको कमान्डमा लमहीमा स्कुल बस चेकजाँच अभियान चलाइएको छ । क्षमताभन्दा बढी विद्यार्थी ओसारपसार गरेको ४ वटा स्कुल बसलाई कारबाही गरिएको छ । ओभरलोड, सिट बेल्ट नभएको,ढोकामा झुण्डिएर यात्रा गराउने जस्ता गल्तीमा कारबाही परेको छ बाँकी १५ भन्दा बढी विद्यालय बसका चालक र […]

दाङ । घोराही पछिल्लो समय दाङ जिल्ला र आसपासका बजारमा *नक्कली नोट चलाउने गिरोह सक्रिय भएको दाङ प्रहरीले बताएको छ। घोराही, तुलसीपुर, लमहीका पसल, होटल र बजारमा सानो-सानो किनमेलमा ५०० र १००० को नक्कली नोट खपाउने प्रयास बढेको छ। नक्कली नोटको कागज पातलो,वाटरमार्क र सेक्युरिटी थ्रेड नहुने, नम्बर एकैखाले दोहोरिएको पाइएको पनि छ । दाङ […]

दाङ । साहित्यलाई समाजको दर्पण भनिन्छ। यसले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष, परिवर्तन र सम्भावनालाई शब्दमा उतार्ने काम गर्छ। कुनै पनि युगको साहित्य पढ्दा त्यस समयको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अवस्थाको चित्र सहजै देख्न सकिन्छ। त्यसैले साहित्य केवल मनोरञ्जनको माध्यम मात्र होइन, चेतना, विचार र परिवर्तनको शक्तिशाली साधन पनि हो। वर्तमान नेपाली साहित्यमा धेरैजसो कृतिहरू […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले असार महिनामा अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण, राजस्व चुहावट रोकथाम, ट्राफिक व्यवस्थापन तथा सामुदायिक प्रहरी साझेदारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन रिपोर्ट कार्डमा आफ्नो समूहमा पहिलो स्थान हासिल गरेको बाँके प्रहरीले सार्वजनिक गरेको मासिक प्रगति विवरणले पनि सक्रिय प्रहरी कार्यशैली देखाएको छ। जिल्ला […]

देश तथा विदेशका विभिन्न स्थानमा बसोबास गर्नुहुने घोराहीप्रेमी दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत “घोराही बनाऔँ अभियान” का बारेमा निरन्तर सल्लाह, सुझाव, प्रेरणा र साथ–समर्थन प्रदान गरिरहनुभएको छ। यहाँका समस्या, सम्भावना र भविष्यका योजनाबारे खुला रूपमा आफ्ना विचार राख्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंहरूका सकारात्मक सुझाव, रचनात्मक आलोचना र निरन्तरको साथले नै यो अभियानलाई […]

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला […]