एबिसी संचार नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका-२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ […]
एबिसी क्राईमबिट काठमाडौं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई एवम् शुभकामना दिएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाई दिएका हुन् । […]
राहुल गुप्ता बारामा समाचार लेखेकै कारण पत्रकारलाई दूब्र्यवहार गर्नेलाई कारवाही गर्न नेपाल पत्रकार महासंघ बारा शाखाले माग गरेको छ । बाराको सिमरामा रहेर संचारकर्ममा क्रियाशिल पत्रकार शारदा पोखरेल माथि दुर्व्यवहार गर्नेलाई कारवाहीको माग गर्दै बारा शाखाले बिज्ञप्ति सार्वजनीक गरेको छ। पत्रकार पोखरेलले नदी उत्खनन् र राजस्व हिनामिनाका विषयमा समाचार लेख्नु भएको थियो । समाचार लेखेको […]
महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले मातहतका महिला प्रहरी तथा कर्मचारीहरुसँग अन्तरक्रिया गरेको छ । सो क्रममा महिला प्रहरीका समस्या तथा गुनासोहरुको समाधान तथा ब्यवस्थापन गरीएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी एसपी ओम बहादुर रानाले अन्तरक्रियामा महिला प्रहरी तथा कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएका थिए । समाजमा हुन सक्ने महिला हिंसा, […]
महेन्द्र सिंह बाँके असार ३० घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुमबहादुर ओली घुस रकम सहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९६ हजार ३ सय रकम घुससहित ओलीलाई रंगेहात पक्राउ गरेको हो । आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेका अनुसार ठेक्कापट्टाको लाइसेन्स बनाइदिने नाममा सेवाग्राहीबाट […]
अजय मिश्र, कृष्णनगर, असार, ३० कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृष्क समुहलाई पम्पसेट वितरण गरेको छ। नगरपालिकाको आर्थिक बर्ष ०७६÷०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ। ८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको […]
एबिसी संचार कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको एक अर्ब बढी मुल्यको सरकारी जग्गा बाँकेको कोहलपुरमा एक अर्ब भन्दाबढी मुल्य पर्ने सरकारी जग्गाको लालपुर्जा अवैध रुपले वितरण गरिएको तथ्य बाहिर आएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ४ मा रहेको करिव ६ विघा सरकारी जग्गाको लालपुर्जा अवैध रुपले वितरण गरिएको हो । २०६९ सालमा […]
महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका भज्जीपुर्वाबाट लागूऔषध बरामद गरिएको छ । कालाबञ्जर विओपीबाट प्रहरी निरिक्षक गोरख भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति साढे १० बजेतिर डुडुवा गाउँपालिकाको वडा नम्बर ६ भज्जीपुर्वाबाट एक सय एमएलको वेलसिरेक्स २ सय १९ बोतल र एक सय एमएलको बायोरेक्स १६ बोतल गरी जम्मा २ सय ३५ बोतल लागूऔषध बरामद […]
एबिसी संचार कलैया प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् । प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो […]
एबिसी क्राईमबिट झापामा ७५ हजार बराबरको नक्कली भारतीय रुपैयाँ बरामद भएको छ भने पाँचसय भारु नोटसहित दुई जना पक्राउ परेका छन् । एक जना कनकाई नगरपालिका–३ सुरुङ्गाका सुन व्यवसायी र अर्का एक जना नेपाल भारत सीमा क्षेत्रका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई खोटा चलनसम्बन्धी कसूरमा म्याद थप गरी विस्तृत […]