दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङको माहतहत अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले यस जिल्लाका विभिन्न स्थानहरुमा,सवारी चालक ,सह चालक, बिद्यार्थी, सर्वसाधरणहरुलाई भेला जम्मा गराई ट्राफिक नियम ,लेन अनुशासन, ओभेरटेक गर्ने तरिका, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपायका बारे जानकारी गराई सचेतनामुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख […]
काठमाडौं । गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबार बैठक बसेर ११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमविक्रम राना, जयराज सापकोटा, सन्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङको नाम डिआइजीमा सिफारिस भएको हो।
पर्सा । वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिए। भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उनले जानकारी दिए। बरामद भएको […]
काठमाडौं । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले साहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य यहि १० जेठमा सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि साहलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको हो ।
काठमाडौं । नेपालको पछिल्लो केही दशकको इतिहासमा राजनीतिक अस्थिरता, अकुशल शासन र व्यापक भ्रष्टाचारले जनताको सरकारप्रतिको विश्वासलाई निरन्तर कमजोर बनाएको छ। “सरकार जनताको सेवक हो” भन्ने अवधारणा आज हास्यको विषय बनेको छ । यसले सामाजिक असन्तुष्टि मात्र बढाएको छैन, दीर्घकालीन रूपमा राष्ट्रिय सुरक्षामा गम्भीर चुनौतीहरू सिर्जना गरेको छ । जनताको अविश्वास र विदेशी राष्ट्रहरूको बढ्दो […]
धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाले प्रहरीको सहयोगमा सुरक्षित रुपमा सन्तान जन्माएकी छन् । इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई सडकछेउमा ब्याथा लागेको अवस्थामा देखेपछि तत्काल मानवीय पहल गर्दै उद्धार गरेकी हुन् । देउवाले स्थानीय बासिन्दाको सहयोगमा ती महिलालाई सुरक्षित स्थानमा […]
बाँके । नेपालगन्जमा ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछी जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज २२ स्थित कान्तितालबाट गएराति २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो । लागुऔषधको टोलीले नेपालगञ्ज–१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान […]
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१ छपकैया गाउँस्थित तीनवटा घरमा छापामारी गरेको छ। विशेष सूचनाका आधारमा गरिएको उक्त कर्डन तथा सर्च अपरेसनको क्रममा भारतबाट भन्सार छली गरि चोरी पैठारी गरी लुकाई छिपाई गोदाममा राखिएको तयारी […]
दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङबाट निरीक्षण तथा अवलोकन भ्रमणको सिलसिलामा मंगलबार जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभएका प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा कार्यालयको विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिनुका साथै कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी इकाईका प्रमुखहरु, प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न […]
पर्सा । बिरगंज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउनु अगाडि नै व्यवसायीहरुले गाडी आयात गरेका हुन् । जसले गर्दा भन्सारमा नयाँ गाडी थुप्रिएका छन् । अहिले चोभारको सुख्खा बन्दरगाह नयाँ गाडीले भरिएको छ । जबकि चैतसम्म यस बन्दरगाहको गाडी राख्ने ठाउँ आधा पनि भरिएको थिएन । पछिल्लो एक महिनायता सवारीसाधनको आयात बढ्दा अहिले बन्दरगाहमा […]