२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

दाङ प्रहरीले पेस्तोलसहित एक युवक पक्राउ

  दाङ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ । लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक […]

मधेस प्रदेश । प्रहरी कार्यालयले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम सिंह भण्डारीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको छ । व्यापारीहरूसँग जबरजस्ती रकम असुली, चेक अनादर मुद्दामा आर्थिक लाभ लिएको र बिचौलियामार्फत अनैतिक रूपमा रकम सङ्कलन गरेको गम्भीर आरोपमा उनीहरूमाथि छानबिन भइरहेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, […]

भारतको गुजरातमा पुल अचानक भाँचिदा केही सवारी साधनहरु नदीमा खस्यो उद्धारकार्य जारी नयाँदिल्ली । वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था […]

नुवाकोट । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत असई राजेश के.सी. एक प्रशिक्षण कार्यक्रममा जीवनको सत्यता उजागर गर्दै भन्छन्: “मरेर लानु केही पनि छैन… पद, प्रतिष्ठा, सम्पत्ति — यी सबै त क्षणिक हुन्। स्थायी भनेको केवल तपाईंको नाम, तपाईंको कर्म, र तपाईंलाई सम्झने यादहरू मात्र हुन्।” उनी थप भन्छन्, “यो जीवन अन्ततः ढुंगा र माटोसँगै विलीन […]

मधेश प्रदेश । जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ। विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे। ? क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए। ? प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने। त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै […]

मेष -धैर्यपूर्वक कर्म आरम्भ गर्न योग्य समय। निर्णयहरूमा दृढता आवश्यक छ। गुरु वक्रीताले आत्मविमर्शका द्वार खोल्दछ। वैदेशिक सम्बन्ध वा अध्ययनप्रति आकृष्ट हुन सकिने सम्भावना। पारिवारिक संवादमा वाणी संयम अपेक्षित। वृष -धनसम्बन्धी चिन्तन र योजनामा सजगता आवश्यक। शनि वक्री प्रभावले दैनन्दिन जीवनशैलीमा पुनर्विचार गराउनु उपयुक्त रहन्छ। पारिवारिक उत्तरदायित्वमा सहनशीलता आवश्यक। धर्म वा लोकसेवातर्फ आकर्षण सम्भव। मिथुन […]

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

दाङ । भालुवाङ नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको बिभिन्न पत्रादेशानुसार जनपद समूह अन्तर्गत प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दारलाई ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीद्वारा दर्ज्यानी चिन्हद्धारा सु-शोभन […]