नेपाल प्रहरीका एआईजी लालमणि आचार्यको ५६ वर्षको उमेरहदका कारण अवकाश काठमाडौं । एआईजी लालमणि आचार्यको स्थानमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ। ११ जेठ, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ । प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । […]
काठमाडौँ । प्रहरी प्रधान कार्यालय नक्सालले २१ जना प्रहरी कर्मचारी सम्पर्कविहीन भएको भन्दै तुरुन्त सम्पर्कमा आउन एक सूचना जारी गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएकोले हाजिर हुन सूचना प्रकाशित […]
बाँके । प्रणाली व्यापक अवधारणा हो । बौद्धिक जगत्देखि राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रणालीको खुबै चर्चा हुनेगर्छ । हामीले शासन व्यवस्था र राजनीतिक व्यवस्थामा प्रणालीको विकास के कसरी गरिरहेका छौँ वा बनेका उत्कृष्ट प्रणालीलाई के कसरी विकास गरिरहेका छौँ (?) भन्ने सवाल उठ्छन् । प्रणाली भन्नाले विधि, व्यवस्था, तरिका, सिकाइ, संस्कृति, संस्कार, इतिहास, वर्तमान, भोगाइ, […]
मानपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५, १६ र १७ मा सेवा प्रवाह गर्दै आएको मानपुर गौरीडाँडा खानपानी उपभोक्ता तथा सरसफाई समितिको दोस्रो साधारणसभा शनिबार भएको छ । संस्थाका अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले निःशुल्क खानेपानीको ब्यबस्था […]
मेष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो रहेको छ। राजनीतिक क्षेत्रमा इज्जत राख्नका लागि सम्पत्ति खर्च गर्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। वृष : धन खर्च भए पनि उचित ठाउँमा भएको लगानी उठ्नेछ। धार्मिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। विपक्षी साथीबाट तपाईंको प्रशंसा हुनेछ। स्वादेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा […]
काठमाडौं । शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै ‘भिजिट भिसा’ को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो। विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए । शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त […]
रोल्पा । लिबाङ अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गमैत्री संरचना निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ। रोल्पा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहनुभएको […]
भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन काठमाडौं । भारत गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन। मुकुल देवले ‘दस्तक’ (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्। ‘नैतिकताको हिसाब म क्लिन छु, मैले राजीनामा […]