काठमाडौं । एक महिनापछि नेपाल प्रहरीको नेतृत्व फेरिने लगभग निश्चित भएको छ । संसदमा दर्ता भएको प्रहरी विधेयकमा ३० वर्षे सेवाहद हटाउनेसम्बन्धि प्रावधान भएपनि विधेयक तत्काल पास हुने सम्भावना छैन ।विधेयकमा ३० वर्षे सेवाहद हटेको वर्ष अवकाश हुने अधिकारीको पदावधि ६ महिना थप हुने प्रावधान छ । जसअनुसार ५ चैतअघि नै विधेयक आएमा प्रहरी […]
कपिलवस्तु । ईलाका प्रहरी कार्यालय कृष्णनगर प्रहरी निरिक्षक सुरज खत्रीले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०८०/८१ मा छ वटा लागु औषध सम्बंधित मुद्दा दर्ता भएको तथा चालु आर्थिक बर्ष २०८१/८२ मा साउन देखि हाल सम्म लागु औषधको १८ वटा मुद्दा दर्ता भइसकेको तथा २७ पुरुष २ महिला हरू साउन देखि यता लागु औषधको मुद्दा […]
काठमाडौं । नेकपा माओवादीले सशस्त्र संघर्ष सुरु गरेको दिनलाई स्मरण गर्दै फागुन १ गतेलाई ‘जनयुद्ध दिवश’को रुपमा मनाउँदै आएको छ । यसैक्रममा आज ३०औँ ‘जनयुद्ध दिवश’को सन्दर्भमा माओवादीले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुस्प कमल दहाल प्रचण्डले जनविश्वास र जनमतको सम्मानद्वारा समाज रूपान्तरणका बाँकी कार्यभार पूरा गर्ने जिम्मेवारी आफूहरुको […]
दाङको तुलसीपुर महोत्सवमा जुवातास रोक्न ईलाका प्रहरी कार्यालय तुल्सीपुरलाई चुनौती ? दाङ । तुल्सीपुर पछिल्लो समय दाङमा मेला महोत्सव लगाउने होडबाजि नै चलेको छ । माघि महोत्सव देखि ब्यापारीक महोत्सवलगाएत मेला महोत्सव विभिन्न समयमा लाग्दै आएका छन् । यी यस्ता मेला–महोत्सवहरुमा अवैध रुपमा जुवातास खेल्ने खेलाउने क्रम पनि बढ्दै गएको छ । विगत देखी नै […]
काठमाडौं । बढुवा भएको एक महिना नपुग्दै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन्। गृह मन्त्रालय स्रोतका अनुसार केसीले शुक्रबार नै राजीनामा दिएका हुन्। उनी प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत थिए। स्रोतका अनुसार कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी जनक भट्टराईलाई एआईजीमा बढुवा गर्न केसीलाई जबरजस्ती राजीनामा दिन दबाब दिइएको […]
मेष :-प्रयत्न गर्दा पनि अवसरहरूको पूर्ण लाभ उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनुहोला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।  वृष :-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले […]
काठमाडौं । नेपाल पत्रकार महासंघले परिमार्जनबिना नै सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई अघि बढाए आन्दोलनमा उत्रने चेतावनी दिएको छ । माघ २८ र २९ गते धुलिखेलमा बसेको महासंघको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले २३ बुँदे घोषणापत्र जारी गर्दै सो चेतावनी दिएको हो । सरकारले हालै राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल विधेयकका कतिपय व्यवस्थाहरू प्रेस तथा अभिव्यक्ति […]
काठमाडौं । रुकुमपश्चिमको बाफिकोट गाउँपालिकाले फागुन १ गते दिएको ‘जनयुद्ध’ दिवसको सार्वजनिक बिदाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश दिएको हो । स्थानीय वासिन्दा चन्द्रशेखर केसीले मंगलबार सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । सार्वजनिक बिदा नदिन […]
काठमाडौं । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने ५ सय एमएमको पाइप दिउँसो साढे २ बजे फुटेपछि बबरमहलबाट दक्षिणतर्फको सरकारी कार्यालय र बस्ती डुबानमा परेको थियो । उक्त पाइपमा आउने पानीको मुख्य […]
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्का सहितको ट्राफिक प्रहरी टोलीले जिल्ला बर्दिया गुलरिया नगरपालिका ८ स्थित हुलाकि सडक खण्डमा मोटरसाइकल चालकहरुलाईट्राफिक नियमका बारेमा सचेतना मुलक प्रशिक्षण गर्नुको साथै ट्राफिक श्लोगण लेखिएका १०० प्रती पर्चा पम्पलेटहरु समेत बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।