काठमाडौं । जिल्ला अदालत काठमाडौंमा रवि लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ । बहस सकिएपछि आदेशको तयारी भइरहेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा गत आइतबारदेखि बयान र बहस भइरहेको छ । स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा गएको र त्यो पैसा खर्च गर्नेमा लामिछानेको समेत भूमिका रहेको भन्दै उनलाई प्रतिवादी बनाइएको छ । जिल्ला […]
काठमाडौं । सरकारी वकिलहरूको बहस, जाहेरकर्ताका कानुनव्यवसायीहरूको बहस, रविका पक्षको बहस, सरकारी वकिलहरूको जवाफी बहसपछि सुनुवाई सकिएको हो । सरकारी वकिलहरूको जवाफी बहसपछि अन्तिममा रविले संक्षिप्त भनाइ राखेका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीले सुनुवाई सकिएको भन्दै सबैलाई इजलासबाट बाहिर जान आदेश दिएका छन् । ‘सुनुवाइ सकियो, अब तपाईंहरु सबै बाहिर जानुस् र मलाई […]
काठमाडौं । प्रहरीका अनुसार उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । अदालतको अनुमतिसहित पक्राउ पुर्जी लिएर प्रहरी टोली उनको कार्यालयमा पुगेको थियो । प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध अभद्र मुद्दामा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]
मेष राशि – खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ ।सामाजिक सन्जालमा बोल्दा सजग रहनुहोला । बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ […]
सुडानी । स्वयंसेवक उद्धारकर्ताहरूले नाइल नदीको छेउमा रहेको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको बताएका छन् । पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको युद्धग्रस्त देशभरका स्वयंसेवक उद्धारकर्ताहरूको नेटवर्कको हिस्सा रहेको ओम्बाडा आपत्कालीन प्रतिक्रिया कक्षले जनाएको छ । नेटवर्कले यो मृत्यु सङ्ख्या […]
डडेल्धुरा । गोली प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले अमरगढी नगरपालिका–३ पथरोडा बस्ने ३२ वर्षीय डम्बरबहादुर थापा मगरलाई पक्राउ गरेको छ । घरायसी विवादका क्रममा डम्बरले अस्मितामाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमानले प्रहार गरेको गोलीबाट अस्मिताको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी […]
दाङ । आज दिउँसो करिब साढे दुई बजेतिर घोराही उपमहानगरपालिका १० गुर्जेखोलामा रा १ ख ११५६ नं.को बसले विपरित दिशा तर्फ आउँदै गरेको रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते हुनेमा मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका ३ का ४० वर्षिय जहरे […]