बारा । प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले तस्करी नियन्त्रणमा चासो नदिएको आरोपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक / एक जवानलाई निलम्बन गर्ने आदेश दिएका छन् । सीमावर्ती नाकामा भइरहेको अवैध तस्करीबारे अनुगमन गर्न प्रजिअ (सिडियो) अधिकारी अचानक मटिअर्वा नाकामा पुगेका हुन् । अनुगमनका क्रममा मोटरसाइकलमा तस्करी भइरहँदा समेत प्रहरीका जवानले नियन्त्रण नगरेको उनको आरोप […]
काठमाडौं । प्रहरीले काठमाडौंको माइतीघरबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहोराका अनुसार राजसंस्थाको ब्यानर बोकेर नाराबाजी गरेपछि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल रहेका छन्। उनको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी दिपक पातलीका अनुसार, मोटरसाइकल चोरेको आरोपमा सुर्खेतका २१ वर्षीय पवन पाण्डे, नेपालगन्जका २० वर्षीय अमिर ढापाली र ईरिक्सा चोरेको आरोपमा जानकी गाउँपालिकाका २१ वर्षीय ओमप्रकाश जरवटलाई पक्राउ गरिएको छ । तीनै जनालाई प्रहरीले छुट्टाछुट्टै घटनामा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो । सुर्खेत वीरेन्द्रनगर नगरपालिका […]
काठमाडौं । भोलि दुर्गा प्रसाईंकै नेतृत्वमा राजधानी काठमाडौंमा जनप्रदर्शन हुने भएको छ। त्यसकै पूर्वसन्ध्यामा निर्मल निवास पुगेर प्रसाईंले पूर्वराजालाई भेटेका हुन्। उनी पूर्वराजालाई भेट्न सेतो गाडीमा पुगेका थिए। बुभबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले पनि पूर्वराजालाई भेटेको बताइएको छ। सुवेदीको समेत प्रसाईंको आन्दोलनलाई समर्थन छ।
काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम बैकिङ कसुरको मुद्दा खेपेका उनी जाहेरी वालालाई रकम तिरेर कागजी प्रक्रिया पुरा गर्न बुधवार बानेश्वर वृतमा पुगेका थिए । जाहेरी पक्षसँग मिलापत्र भएपछि काठमाडौं जिल्ला अदालतले आज गौतमलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनी अहिले थुनामुक्त भएर काभ्रे पुगिसकेका छन् ।
मेष :-आजको दिनमा तपाईंको मन प्रसन्न रहनेछ। साझेदारिको कार्यमा सफलता मिल्नेछ ।विपक्षीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। वृष :-मन अशान्त रहन सक्छ र पढाइमा मन नजाँदा निराशा बढ्न सक्छ। बौद्धिक व्यक्तिहरूसँग सल्लाह लिएर अघि बढ्दा फाइदा हुनेछ। पिताको सर सल्लाहले अगाडि वढ्दा […]
बिरगंज । भन्सार छलि भारततर्फ निकासी गर्न लागेको रु.२.५ लाख बराबरको सुकमेल (ईलाईची) र अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल, प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगञ्जले भन्सार छलि भारततर्फ निकासी गर्न लागिएको करिब रु.५० हजार बराबरको १० केजी सुकमेल (इलाइची) र रु.२ लाख बराबरको अटो नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-१६ […]
काठमाडौं । झापा, रुपन्देही, कञ्चनपुर, कैलाली, काभ्रे लगायत दर्जन जिल्लाका एसपीको अवधि १४ महिना पुगिसकेको छ । अवकाशको मुखमा बसन्तबहादुर कुँवरले सरुवा निकाल्न सकेनन् । नयाँ आईजीपी दिपक थापाले पनि तत्काल सरुवा निकाल्न सक्ने अवस्था छैन । स्रोतका अनुसार सरुवासम्बन्धि मापदण्ड संशोधनको तयारी भइरहेको छ । केही शक्तिशाली प्रहरी अधिकृतको स्वार्थमा मापदण्ड संशोधन हुन […]
बुटवल । अर्घाखाँचीबाट नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेको छ ।प्रहरीका अनुसार मृत्यु हुनेमा रुपन्देही बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासु (नाम नखुलेकी) रहेका छन् । त्यस्तै पश्चिम बर्दघाट बस्ने वर्ष ५० का […]
पर्सा । एक किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक जना ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम […]