काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् । मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले कांग्रेस गठबन्धको सरकार आफैं ढल्ने बताएका हुन् । ‘वर्तमान सरकार अपारदर्शी र असंवैधानिक र अप्राकृतिक हो । […]
अर्घाखाँची । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा माघे सङ्क्रान्ति मेलामा तीर्थालु भक्तजनहरूको घुइँचो लागेको छ । रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरूको मंगलबार बिहानैदेखि घुइँचो लागेको हो । माघे सङ्क्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषिकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रही आएको छ […]
काठमाडौं । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए । ‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो’, ती अधिकृतले भने, ‘त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’ प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि […]
धनगढी । ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेर सन्देश सार्वजनिक गरेका छन्। प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई […]
काठमाडौँ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका प्रहरी उपरीक्षक (एसपी) हरूलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवा गरिएको छ । आज बसेको बढुवा समितिको बैठकले गरेको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ को नियम २७ को उप(नियम (४) अनुसार २५ जना प्रहरी उपरीक्षकहरूलाई प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको हो। बढुवा सूची अनुशार पहिलो नम्बरमा रमेश […]
काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा, प्रहरी बृत चापागाँउ ललितपुरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डिल बहादुर मल्लको अध्यक्षता, प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्र पर्ने वडा एरियाका स्थानीय पालिका प्रमुख तथा जन प्रतिनिधिहरू, समाजसेवी, बुद्धिजीवी, भद्र भलादमी, नागरिक समाज, मानव अधिकार […]
मेष राशि – आजको दिन शुभफलदायक रहनेछ । स्वादिष्ट भोजन प्राप्त होला ।पराक्रम बढ्नेछ ।सामाजीक कार्यमा रुचि वढ्ला ।अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । दिन रमाईलो संग बित्नेछ । बृष राशि – घरमा अतिथीको आगमन हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । […]
काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) का अनुसार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६।८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् । जापान मौसम विज्ञान एजेन्सी ९जेएमए० ले क्युशु क्षेत्रको मियाजाकी प्रिफेक्चर नजिकै भूकम्प गएपछि राति २१ः१९ बजे ९१२१९ जिएमटी० एक मिटर ९तीन फिट० सम्मको सुनामी छाल आउनसक्ने बताएको […]
काठमाडौं । उपत्यकामा सोमबार साँझ फेरि भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको भएपनि भूकम्पको तीव्रता र केन्द्रविन्दु भने खुल्न सकेको छैन । यसअघि गत पुस २२ गते चीनको तिब्बतको सिगात्से क्षेत्रमा केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्नीच्युडको भूकम्पले नेपालमा १३ जना घाइते भएका थिए । नेपाल प्रहरीका […]
काठमाडौँ । जनपद समूहतर्फका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) तथा एक जना प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले केही दिन अघि बढुवा भएर पदस्थापन गरिएका प्रहरी अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।