०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

समाचार

भारतको विहारमा विषाक्त मदिरा सेवनबाट ९२ जनाको मृत्यु

ABC (क्राईमबिट) काठमाडौं । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन्। सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। विषाक्त […]

ABC (क्राईमबिट) काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री भएपछि गृह मन्त्रालयमा बसेको पहिलो केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले शितलहर, प्राकृतिक प्रकोप र बढ्नसक्ने कोभिड–१९ सङ्क्रमणतर्फ ध्यान दिँदै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको गृहसचिव विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। सचिव सिंहका […]

ABC (क्राईमबिट) काठमाडौं । भ्रष्ट आचरणका प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले निगरानी बढाएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले गोप्य टोलीहरु पठाएर निगरानी गर्न थालेको स्रोत बताउँछ । प्रहरी प्रधान कार्यालयकै टोलीले गत आइतबार बुटवलका डिएसपी ठगबहादुर केसीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध उजुरी परेपछि महानिरीक्षक सिंहले सिआइबीबाट गोप्य टोली पठाएर उनलाई पक्राउ गराएका हुन् […]

(ABC-Sanchar) दाङ । राप्ती स्वास्थ्य विज्ञान दाङ प्रतिष्ठानमा कार्यत २४ जना कर्मचारीमाथि भ्रष्टाचारको आरोप लागेको छ । एमआरआई र सिटीस्क्यान खरिदमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वरजिष्ट्रारदेखि विभिन्न पदमा रहेका २४ जना कर्मचारीहरूलाई बयानका लागि पत्राचार गरेको छ ।   प्रतिष्ठानका सर्जन विभागका एकजना चिकित्सकका अनुसार तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीको […]

ABC (क्राईमबिट) काठमाडौँ । गृह मन्त्रालयले बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी […]

(ABC-Sanchar) काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य रवि लामिछानेको योग्यतासम्बन्धी मुद्दाको पेशी आगामी पुस २२ गतेलाई तोकिएको छ । उक्त मुद्दामा संवैधानिक इजलासले पुस ६ गते विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । लामिछानेको सांसद बन्ने योग्यतामाथि प्रश्न उठाउँदै युवराज पौडेले दायर गरको रिट निवेदनमाथि सर्वोच्चको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरेको छ । उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरिएको प्रहरी प्रवक्ता डीआइजी टेकप्रसाद राईले जानकारी दिए । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ३५ तोला सुन र २५ लाख रूपैयाँ नगदसहित केसीलाई आइतबार साँझ निवासबाटै पक्राउ गरेको थियो […]

ABC (क्राईमबिट) जनकपुरधाम । धनुषामा पछिल्लो चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्ने सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। डिभिजन वन कार्यालय जनकपुरधाम धनुषाले दिएको जानकारीअनुसार अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा चार महिनामै सात मुद्दामा करिब ५० क्युफिट काठसहित आरोपीलाई पक्राउ गरिएको हो। कार्यालयका प्रमुख वन अधिकृत बेचन चौधरीले भदौयता अवैधरूपमा काठ चोरी […]

ABC (क्राईमबिट) धनगढी । उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । साल्ट ट्रेडिङ कर्परेसन अगाडी नक्कली मुद्राको कारोबार भइरहेको सूचनाका आधारमा एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका […]

(महेन्द्र सिंह) काठमाडौं । तालुक नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको मिति २०७९।०९।०४ गतेको पत्रादेशले जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख एसपीको रुपमा काज सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरको एक कार्यक्रमका बिच स्वागत गरीएको छ । स्वागत पश्चात जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण चार्ज प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बुझ्नु भएको थियो […]