काठमाडौं । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। यस्तै प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको […]
राजविराज । निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको कहाव निरन्तर बढिरहेको छ । कोशी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ६ बजे ब्यारेज भएर ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको छ । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएको छ । सप्तकोशी नदीमा अझै बहाव बढ्न […]
दाङ । दाङको लमही नगरपालिकाका मेयर सवार गाडी बाढीमा भासिएको छ । रा १ झ १४६ नम्बरको स्कारपियो तेलियाको गंगटे खहरे खोलामा भासिएको हो । लमही नगरपालिका- ९ तेलियास्थित हालै निर्माण गरिएको कच्ची ड्याम फुटेको खबर पाएपछि मेयर जोगराज चौधरी नेतृत्वको टोली तेलिया गाउँमा पुगेको थियो । त्यहाँको क्षतिको विवरण संकलन गरेर फर्किने क्रममा तेलियाको […]
बाँके । राप्तीसोनारी गा.पा.४ मोरङ्गा स्थितमा छाडा गाई बस्तु संरक्षणको लागी रहेको गौशालामा काम गर्ने ऐ.ऐ.देवपुर बस्ने बर्ष ६८ को सोनुराम थारु गाईबस्तुको गोठाला (हेरचाहा) गएकोमा ऐ.ऐ.मोरङ्गा खोलामा पानिको बाहाब बढ्न गई अलपत्र परेको छ भनि जानकारी प्राप्त हुन साथ इ.प्र.का.बैजापुरबाट खटिएको प्रहरी टोलीले निजलाई सकुशल उद्दार गरी ल्याएको र गाईबस्तु सोही स्थानमा सुरक्षित रहेको […]
(महेन्द्र सिंह ) बाँकेको राप्ती नदीले खतराको तह पार गरेको छ । आज अपराह्न ४ः३० बजेको रेकर्डअनुसार पानीको सतह सात दशमलव ८२ मिटर पुगेको छ । […]
(एबिसि संचार ) सप्तकोशीमा नदीको जलसतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ ।शनिबार बेलुका ६:३० बजे कोशी ब्यारेजमा तीन लाख ३ हजार ८६० क्युसेक जलसतह मापन गरेको नियन्त्रण मापन केन्द्रले […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोक काठमाडौँ दरबन्दी भई हाल ओली निवास बालकोटस्थितमा सुरक्षा प्रमुखको रूपमा कार्यरत थापा आज सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थितमा आफ्नै निवासमा मृत भेटिएका जिल्ला […]
(एबिसि संचार ) गएरातिदेखि अविरल वर्षापछि दाङको राप्ती नदीमा आएको बाढीमा परेर एकजना बेपत्ता भएका छन् । दुईजनाको सकुशल उद्धार गरिएको छ । लमही नगरपालिका–७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेकामध्ये दुईजनाको सकुशल […]
बाँके । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीयहरू शनिबार दिनभर सिधनवा घाटमा व्यस्त देखिन्थे । नदीले माथिबाट बगाएर ल्याएका दाउराहरू स्थानीयले नदीको किनाराबाट लामो कैँची लौरो बनाएर त्यसैको माध्यमबाट तानेर बाहिर निकाल्ने गरेका छन् । हरेका सालको वर्षातको समयमा राप्ती नदीले बगाएर ल्याएका दाउराहरू स्थानीयले यसै गरी जम्मा […]
पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ३० वर्षीय अनिल महतो नुनिया रहेका छन्। अनिल महतो नुनिया जवरजस्ती करणी मुद्दामा २०७५ सालदेखि वीरगञ्ज कारागारमा सजाय भोग्दै थिए। शनिबार बिहान कारागारको मेसमा काम गर्ने क्रममा धारामा जडान गरिएको विद्युतीय मोटरबाट करेन्ट लागेर उनको मृत्यु भएको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी […]