बाँके । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका ९ स्थित बाँकेको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँके र जि.प्र.का.बाँकेको सहकार्यमा प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाल जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख एसपी तुल बहादुर कार्की लगायत जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु, नेपाल प्रहरी, शसस्त्र प्रही र विभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थितिमा […]
बाँके नेपालगञ्ज केही दिन अघि अनाहकमा ज्यान गुमाएका इर्साद राई कबडियाको परिवारलाई नेपालगञ्ज वडा नं ५ निवासी अजीज मलिकले खाद्यान्न सहयोग प्रदान गरेका छन्। आज श्रावण ११ गतेका दिन आफ्नो जन्म दिवसको अवसरमा अजीज मलिकले मृतक राईको परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । मलिकले सहयोग गरेको खाद्यान्नमा चामल, दाल, चान चिनी पिठो, नुन, तेल […]
काठमाडौं । शुक्रबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो । सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
धनकुटा । कोशी प्रदेश लगानी प्राधिकरण, धनकुटाको साँगुरीगढी गाउँपालिका र सुनसरीको धरान उपमहानगरपालिकाको समन्वयमा उक्त स्काईवाक निर्माण गरिएको हो । वन्डर्स एम्युजमेन्ट पार्क एन्ड अट्रयाक्सन्स प्रालिको २० करोड रुपैयाँको लगानीमा स्काईवाक निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जीव रोक्काले जानकारी दिए । धनकुटा र सुनसरीको सीमास्थलमा रहेको भेडेटार आन्तरिक तथा बाह्य पर्यटकको हब मानिन्छ । […]
काठमाडौं । कांग्रेसको संस्थापकइतर समूह शेखर कोइराला गगन थापाले प्रदेश सरकारमा मन्त्रीहरू नियुक्तिमा आफ्नो पक्षको उपेक्षा गरिएको भन्दै असन्तुष्टि जनाएको छ । नयाँ समीकरणपछि प्रदेश सरकारमा मन्त्री बनाउने विषयमा सभापति शेरबहादुर देउवाले समन्वय नगरी आफूखुसी अघि बढेको इतर समूहको आरोप छ । प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा […]
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली […]
मुग्लिन । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा दुईजना ट्रकका चालक र एकजना मोटरसाइकल चालक रहेका छन् । नारायणगण-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा शुक्रबार बिहान सवा ६ बजेतिर नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ५९९६ कन्टेनर ट्रक र मुग्लिनबाट आउँदै गरेको डीडीएफ ०१ एल ९१६१ नम्बरको भारतीय ट्रक […]
काठमाडौं । नगर प्रमुख रजकुमार नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गर्नुभएको वडा नम्बर ७ का अध्यक्ष दिवाकर अधिकारीले जानकारी दिनुभयो । मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको अधिकारीले जानकारी दिनुभयो । उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । चार जना जनप्रतिनिधि रिक्त प्रमुखको निधनसँगै यस नगरपालिकामा चार […]
बाँके । नेपालगंज उपमहानगरपालिका १६ स्थित जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको देश भारत रुपैडिया बस्ने भुरे राईनिले चलाएको UP40AJ5901 नंम्बरको मोटरसाईकल रोकि चेकजाँच गर्दा मैदाको बोरा भित्र लुकाई छिपाई राखेको Aldigesesicp नामक औषधी १०० पत्त (३००Tab) फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था बिभाग नेपालगंज […]
काठमाडौँ । बाँकेको नेपालगञ्जकी निर्मला कुर्मीको हत्यामा आरोपित रहेका सांसद बादसाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारले मन्त्री बनाउने निर्णय गरेको प्रति महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले गम्भीर आपत्ति जनाएको छ । यस्तो विवादमा आएको व्यक्तिलाई मन्त्री जस्तो गरिमामय पदमा भएको नियुक्ति तुरुन्तै फिर्ता गरी आरोपितलाई तत्काल पदबाट हटाउनका लागि ओरेकले माग गरेको हो । कुनै पनि […]