(ABC-Sanchar) काठमाडौं । पछिल्लो समय रथीमा बढुवाका लागि सिफारिस भएका उपरथी ताराध्वज पाण्डेको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिन बाध्य भएका थिए भने अहिले उनीपछि तेस्रो बरियतामा रहेका उपरथी निर्मल कुमार थापा पनि छानबिनमा परेका छन् । उपरथी थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेपछि नेपाली सेनाका […]
ABC (क्राईमबिट) काठमाडौं । तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरीले सिराहाका एसपी प्रमोद भारतीलाई कारबाही गरेको छ । एसपी भारतीको विषयमा दृष्टिले पटक–पटक समाचार प्रकाशित गरेपछि हेडक्वार्टरले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । केही दिनअघि उनलाई नसिहतको कारबाही भएको सशस्त्र प्रहरी मुख्यालय स्रोतले जनाएको छ । हलचोकस्थित सशस्त्रको हेडक्वाटरले उनलाई कारबाही गरेको भएपनि त्यसलाई […]
(ABC-Sanchar) दाङ । लामो समयदेखि विद्युत् महसुल नतिरेपछि प्राधिकरणले राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको लाइन काटेको हो । प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत् लाइन कटौती गरेपछि मन्त्रालय विद्युतविहीन हुन पुगेको छ । स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत् कनेक्सन काटिएको नेपाल विद्युत् […]
(ABC-Sanchar) चितवन । विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भई तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउन डिभिजन वन कार्यालय चितवनले प्रक्रिया सुरु गरेको छ । कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो । तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ […]
(ABC-Sanchar) झापा । चन्द्रगढी विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीका अनुसार करीव ७ बजे काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरणका लागि तयार रहेको समयमा धावनमार्गमा स्याल देखिएको थियो । धावनमार्गमा स्याल देखिएसँगै टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’का लागि अनुरोध गरेको थियो । सोही अनुसार जहाजले ओभरसुट गरेको जानकारी दिए । ‘धावनमार्गमा स्याल पसेको पाइएपछि […]
(ABC-Sanchar) काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ। गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रममा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँणका तर्फबाट वकालत गर्ने क्रममा कानुन व्यवसायीहरूले आज बहस सकेका हुन्। खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो। […]
(ABC-Sanchar) काठमाडौं । भारत गुजरातमा फेरि एकपटक प्रकृतिको कहर सार्वजनिक भएको छ। गुजरातमा भारी वर्षा र चट्याङका कारण १३ जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन्। चट्याङ लागेर दाहोदमा ३ र भरुचमा २ जनाको मृत्यु भएको छ भने अहमदावाद, साबरकन्ठा, खेडा, पंचमहल, बोटाड, मेहसाना, सुरेन्द्रनगर र अमरेलीमा चट्याङ लागेर १–१ जनाको मृत्यु भएको छ । […]
(ABC-Sanchar) काठमाडौं । रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पु-याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि […]
(ABC-Sanchar) जुम्ला । सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित गरी सरोकारवालालाई जानकारी गराएको जुम्ला विमानस्थल […]
(ABC-Sanchar) काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका-४ तोक्मेडाँडा बसपार्क नजिकै ढुङ्गा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई चढेको गाडी प्रदेश २(०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुङ्गा प्रहार गरेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ढुङ्गा […]