०४ जेठ २०८३, सोमबार
18-05-2026 , Mon
×

समाचार

सशस्त्र प्रहरीका योगेन्द्र बहादुर शाही सहित ७३ जनाले इन्स्पेक्टरको फुली लगाए

ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरीका ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाको लागी सिफारिस भएका छन् । बिहीबार बसेको बढुवाको सिफारिस समितिको बैठकले ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो बढुवा भएका प्रहरी निरीक्षकहरुले शुक्रबार दर्जनी चिन्ह लगाएको छ्न ।

(ABC-Sanchar) चितवन । गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् । यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए । कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ […]

(ABC-Sanchar) धरान । स्थानीय प्रशासनले निषेधादेश जारी गरेपछि धरानमा शनिवार बिहानैदेखि मानिसहरूको चहलपहल न्यून देखिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सम्भावित दुर्घटना टार्न निषेधाज्ञा जारी गरेपछि धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्। धरानमा बजार भने खुला रहेको र स्थानीय यातायातका लागि प्रयोग गरिने टेम्पो र मोटरसाइकललगायत केही निजी सवारीसाधन भने अवरुद्ध […]

(ABC-Sanchar) इटहरी । शनिबार धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि उनीहरुले इटहरीमा प्रदर्शन गरेका हुन्। नेपालका प्रथम जगत गुरु बालसन्तको नेतृत्वमा हिन्दुधर्म समर्थकहरुले गाई गोरु काट्नेलाई कारवाही गर, हिन्दु राष्ट्र कायम गर, सद्भाव भाड्ने धरनका मेयर मुर्दावाद, गृहमन्त्री राजीनामा देऊ जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले हिजो […]

(ABC-Sanchar) हुम्ला । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट […]

(ABC-Sanchar) काठमाडौं । पुनालुर–मदुराई एक्सप्रेसले लखनउबाट ल्याएको उक्त डिब्बामा शनिवार बिहान आगलागी भएको पुष्टि गर्दै दक्षिणी रेलवेले प्रत्येक मृतकका आफन्तलाई १० लाख अनुदान दिने घोषणा गरेको छ । अवैध रूपमा तस्करी गरिएको ग्यास सिलिन्डर रेलको डिब्बामा राखिएको र सोही विस्फोट हुँदा उक्त हताहत भएको रेलवेले एक विज्ञप्ति निकालेर बताएको छ । कफी बनाउन ग्यासको चुलो […]

(ABC-Sanchar) मोरङ । कोशी ब्यारेज कन्ट्रोल रूमका एक कर्मचारीका अनुसार ५६ वटै ढोका खोलिएको हो। ‘सात बजेको अपडेट अनुसार पानीको सतह बढेसँगै ५६ वटै ढोका खोलिएको हो’, ती कर्मचारीले भने,‘कोशी पूर्वी-पश्चिम नहर भने बन्द गरिएको छ।’ साढे ९ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले तीन लाख ८० हजार ८१५ क्यूसेक पानी बगिरहेको बताइएको […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत जेठ १२ गते नेपालबाट ‘सिजनल भिषा’मा वैदेशिक रोजगारीका क्रममा सर्बिया गएका तीन नेपालीलाई बन्धक बनाएर रकम फिरौती माग्ने चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलबासे र […]

(ABC-Sanchar) चितवन । शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा […]

(मनिषा बिक) दाङ । तुल्सीपुर स्पेलिङ कन्टेस्टमा हाम्रो पहुँच माध्यमिक विद्यालयका सदिक्षा शर्मा र निधित केसी प्रथम भएका छन् । निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) तुलसीपुुरले आयोजना गरेको ‘स्पेलिङ कन्टेस्ट’ मा हाम्रो पहुँच माविका सदिक्षा र निधितले प्रथम स्थान हासिल गरेका हुन् । २६ विद्यालय सहभागी प्रतियोगितामा २५ विद्यालयका प्रतियोगीलाई पछि पारेर हाम्रो […]

error: Content is protected !!