(ABC-Sanchar) बिर्तामोड । नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ । नेपाल भारत सीमास्थित झापा गाउँपालिकामा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट भारततर्फ लैजाँदै गरेको सवारीसहित सशस्त्र प्रहरीद्वारा २ लाख ९३ हजारको मदिरा बरामद गरिएको छ । […]
(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं. १२ बासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् ।चरागाहवा नदीको नेपाल भारत बॉर्डर कटानका कारण मानपुर गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । चरागाहवा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा […]
(ABC-Sanchar) काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस लिएको र दिएको आरोपमा रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
(ABC-Sanchar) दाङ । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताइन् । भ्रष्टचार, अनियमितताका विरुद्धमा लड्न सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्नेमा मन्त्री शर्माले जोड दिइन् । ‘सरकारले सुन तस्करी, भुटानी शरणनार्थीलगायत अन्य भ्रष्टचारका […]
(ABC-Sanchar) काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाए लगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको भाडा बढाएको हो । तोकिएको नयाँ भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुलाई सरुवा गर्न चलखेल सुरु भएको छ । प्रहरीमा ८ जना अतिरिक्त महानिरीक्षक छन् । उनीहरुको पदस्थापन भएको ४ महिना पूरा भएको छ । चार महिनामै एआईजीको सरुवा प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी गरेसँगै प्रहरीमा असन्तुष्टि देखिएको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल […]
ABC (क्राईमबिट) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालको उपस्थितिमा मातहतका युनिट ईन्चार्जहरु सँग नियमित मिटिङ (बैठक) अन्तर्गत कार्यालयका समस्या तथा भए गरेका काम कारवाहीको प्रगती विवरण लगायत आ-आफ्नो इलाकामा हुन सक्ने आपराधिक गतिविधीलाई समयमै रोकथाम तथा नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरी समाजमा शान्ती सुरक्षाको भरपर्दो […]
ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सई) बाट बढुवा भएका ६४ प्रहरी निरिक्षक (इन्स्पेक्टर) हरुको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आज (असार ३० गते) बाट सबै सुविधा पाउने लागु हुने गरी पदस्थापन गरेको हो ।
ABC (क्राईमबिट) दाङ । २०७६ वैशाख ३० गते गढवाकी एक बालिकालाई विवाह गरेको अभियोगमा जिल्ला अदालतमा बाल विवाह गरेको आरोपमा मुद्दा दर्ता भयो । अदालतले छानबिन प्रक्रिया अघि बढाए पनि प्रमाण कमजोर भएको र माग दाबी नपुग्ने आदेश जारी गर्यो । विसं २०७९ फागुन १४ गते घोराहीकी एक बालिकालाई बालविवाह गराएको अभियोगमा छ जनाविरुद्ध मुद्दा […]
(ABC-Sanchar) काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा पुगेको एअर इन्डियाको जहाजको पाङ्ग्रा लक भएको छ । रनवेमा पुगेको जहाजको पाङ्ग्रा लक भएपछि केहीबेर अरू उडान र अवतरण बन्द भएका थिए । जहाजलाई मेशिनले तानेर पार्किङमा पुर्याएपछि अहिले अरू उडान सञ्चलन भएका छन् । काठमाडौँबाट दिल्ली जान लागेको जहाज रनवेमै हुँदा राजविराजबाट आएको बुद्ध एअरको जहाजले […]