ABC (क्राईमबिट) हेटौँडा । मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए। होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ। आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। […]
(ABC-Sanchar) कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । ‘राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘अहिले […]
(ABC-Sanchar) सिन्धुपाल्चोक । बुधबार पहिरोले अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे-सिरिसे खण्ड १६ घण्टापछि सञ्चालनमा आएकाे छ । चरिकोट सडक डिभिजन कार्यालयका अनुसार पहिरोले अवरुद्ध बनेको सो सडक बिहीबार मध्याह्न १२ बजेपछि राजमार्ग सञ्चालनमा आएको हो । बुधबार माथिल्लो भेगको भिर एक्कासी भास्सिएर सुख्खा पहिरो खस्दा एक घर पुरिनुका साथै राजमार्ग अवरुद्ध भएको थियो । काठमाडौं जोड्ने […]
(ABC-Sanchar) काठमाडौं । नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ पूर्णपाठमार्फत सर्वोच्चले उक्त घटनालाई ‘क्रुर, अमानवीय र सभ्य समाजमा सोच्नै नसकिने खालको घटना’ भनेको छ भने रेशम चौधरीको नेतृत्वमै टीकापुर घटना भएको ठहर गरेको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गणतन्त्र दिवसको अवसरमा गत जेठ १४ गते राष्ट्रपतिबाट आममाफी पाएका थिए […]
(ABC Sanchar) दाङ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी बङ्गलाचुली गाउँपालिका–४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको वडाध्यक्ष डासबहादुर डाँगीले जानकारी दिए । उनका अनुसार अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलबार साँझ थप उपचारका लागि बुटवल लगिएकोमा बुटवलमा मृत्यु […]
(ABC-Sanchar) काठमाडाैं । नेपाल प्रहरीद्वारा संचालन गरिएको नेपाल पुलिस स्कूल साँगामा चुरोट भित्रिएको कुराले बुधबार विहान स्कूल परिसरमा चर्चा परिचर्चा चलेको छ । अभिभावकले आफ्ना छाेरा छाेरी धुम्रपान मद्यपान जस्ता चिजको कुलतमा लाग्लान भनेर चाैघेरा भएको स्कूलमा भर्ना गरेका हुन् । सबै कुराको चेकजाँच भएर मात्र भित्र पस्न पाइने स्कूलमा कसरी चुरोट पस्यो भनेर आज […]
नेपालगञ्ज / नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई आज नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ । बुधबार नेपालगन्जस्थित होटल सोनाखरीमा न्यूज फ्ल्यास खबर डटकमले नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो । न्यूज फ्ल्यास खबरका प्रकाशक/सम्पादक मो. अरशद शेष राईको अध्यक्षता तथा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम […]
(सागर थापा) दाङ । नेपाल प्रहरीलाई पेशागत रुपले उत्कृष्ट एवं आम नागरिकको विश्वास र भरोसायोग्य संगठनको रुपमा विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना २०८०/ २०८१ सार्वजनिक गरिएको छ । नेपालको संविधान वमोजिम, नेपाल प्रहरी संगठनको पुनसंरचना, सुदृढिकरण तथा प्रहरी सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी संगठनको विकासको लागि स्पष्ट मार्ग निर्देशन गर्नु कार्ययोजनाको उद्देश्य रहेको […]
(ABC-Sanchar) बिर्तामोड । नेपालको भारत सीमामा रहेको बिहार राज्यमा मादक पदार्थ सेवन र विक्री वितरणमा रोक लागेसँगै नेपालबाट भारतीय बजारमा मादक पदार्थ चोरी पैठारी बढेर गएको छ । नेपाल भारत सीमास्थित झापा गाउँपालिकामा २ स्थित कुवाडी सडक बारी सडक खण्डबाट भारततर्फ लैजाँदै गरेको सवारीसहित सशस्त्र प्रहरीद्वारा २ लाख ९३ हजारको मदिरा बरामद गरिएको छ । […]
(धर्मेन्द्र कुमार कुर्मी) कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा नं. १२ बासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् ।चरागाहवा नदीको नेपाल भारत बॉर्डर कटानका कारण मानपुर गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । चरागाहवा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा […]