१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

समाचार

रोल्पाको शहिदमार्ग जिर्ण बन्दै बिचौलिया प्रमुख दोषी,ठेकेदारलाई कसले बेच्यो सामुदायिक बनको कच्चापदार्थ?

  रोल्पा । आर्थिक बर्ष २०७४/७५ मा घोराही होलेरी शहिदमार्ग कालोपत्रे गर्न संघिय सरकारले ४६ करोड बजेट बिनियोजन गर्यो।दाङको बाह्रकुने दह देखि रोल्पाको चौखे खोलासम्म करिब २९ किलोमीटर सडक कालोपत्रे गर्ने कामको जिम्मा लिएको शिल प्यासिफिक जे.वी.निर्माण कम्पनीले कालोपत्रेको काम अगाडि बढायो।तर बिडम्बना कालोपत्रे गरेको सडक डेढ बर्ष नपुग्दै उजाडबिजाड बन्न पुग्यो।यसले राज्यको ठूलो मात्राको […]

  काठमाडौं । सैडलबुड इन्डस्ट्रीका चर्चित स्टार पुनीत राजकुमारको निधन भएको छ । आज बिहान उनको स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएका पुनीतको निधन भएको भारतीय मिडियाले पुष्टी गरेका छन् । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई […]

(ABC-Sanchar) काठमाडौं । नेपाल बार एशोसियशनमा वकिलहरूबीच हानाहान भएको छ । अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । चुडालले कानूनी प्रक्रियामा जाने बताएका छन् । उनका अनुसार मिडियालाई अन्तरवार्ता दिइरहेका बेला न्यौपानेले कुटपिट गरेका हुन् । ‘मैले इजलास नचल्दा सेवाग्राहीलाई सास्ती भयो भनेर अन्तर्वार्ताz दिइरहेको थिएँ,’ उनले भने, ‘एक्कासि ममाथि कुटपिट भयो, बारकै […]

(ABC-Sanchar) काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। शुक्रबार बेलायत भ्रमणमा जाने भएकाले आफ्नो अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयमा पठाएका हुन्। उपप्रधानमन्त्री नबनाएको सत्ता गठबन्धनले मन्त्रिपरिषद्मा प्रधानमन्त्री देउवापछि वरियताक्रममा गृहमन्त्री खाँणलाई दोस्रोमा राखिएको छ। स्कटल्यान्डको ग्ल्यास्गोमा आइतबारदेखि […]

(सागर थापा) दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा ५ महिना अगाडि दाङ प्रमुख जिल्ला अधिकारीका रुपमा आएका रामबहादुर कुरुम्बाङको सरुवा भएको छ । हिजो बिहीबार गृहमन्त्रालय प्रजिअ कुरुम्बाङलाई गृहमन्त्रालयमा सरुवा गरेको हो । पाँच महिनाको अवधिमा कुरुम्वाङले दाङमा एक्सन ओरिन्टेड काम गर्दै आएका थिए । कुरुम्बाङलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो । सम्भवतः दाङमा अब […]

(ABC-Sanchar) झापा । स्रोत नखुलेको आठ लाखभन्दा बढी रूपैयाँसहित झापा, बिर्तामोड–३ का ३४ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले विराटनगर–१८ भेडियारीबाट साहलाई स्रोत नखुलेको ८ लाख २० हजार रुपैयाँसहित बिहीबार पक्राउ गरेको हो ।   मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार साहलाई उक्त पैसा लिएर भारततर्फबाट विराटनगरतर्फ आउने क्रममा […]

(ABC-Sanchar) दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुर दाङले प्यूठान जिल्लाबाट ठूलो परिमाणमा अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको छ । कर छलेको सामान बिक्री गरि रहेको गोप्य सूचनाका आधारमा निरिक्षणमा पुगेको टोलीले प्यूठानको सारीबाङबाट ७१ बोरा बजरंगी नामक सुर्ती बरामद गरेको आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख गोपीकृष्ण कोइरालाले बताए । उक्त सुर्ती कात्तिक ९ गते सारीबाङका […]

(ABC-Sanchar) रुपन्देही । भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा एक महिलाले चम्ल्याहा सन्तान जन्माएकी छन्। पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो चम्ल्याहा छोरीलाई जन्म दिएकी हुन्। कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो शल्यक्रिया गरिएको थियो। महिला तथा प्रसूती विशेषज्ञ डा.तारा केसीको टीमले उनको शल्यक्रिया गरेको थियो। […]

ABC (क्राईमबिट) बुटवल। प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट झण्डै २४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी इकाईले मंगलबार र बुधबार गरी भन्सार छलेर नेपाल ल्याउँदै गरेको २३ लाख ८५ हजार रुपैयाँको अवैध सामान बरामद गरेका हुन्। इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले भन्सार छलीको २ लाख ५९ […]

(ABC-Sanchar) काठमाडौं । जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् । बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय […]